हस्तकला प्रबर्द्धनका लागि दुई व्यावसायिक संस्थाबीच सम्झौता | Khabarhub Khabarhub

हस्तकला प्रबर्द्धनका लागि दुई व्यावसायिक संस्थाबीच सम्झौता


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल (आइडिया नेपाल) बीच हस्तकलाको व्यावसायिक संरक्षण र प्रवर्द्धनका लागि सझौता भएको छ ।

आइतबार महासंघमा आयोजित एक कार्यक्रममा महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्य र आइडिया नेपालकी अध्यक्ष बिन्द्रा कक्षपति प्रधानले सझौतापत्रमा हस्ताक्षर गरे । सझौताअनुसार इन्टेरिएर डिजाइनिङका विद्यार्थीहरूबीच हस्तकला डिजाइन प्रतियोगिता आयोजना हुनेछ । उत्कृष्ट तीन प्रतियोगीलाई महासंघले इन्टेरिएर डिजाइनिङ पुरस्कार दिनेछ ।

आइडिया नेपालले हस्तकलालाई इन्टेरिएर डिजाइनमा समावेश गर्नेछ । यसमा एसियन पेन्ट्सले पनि सहकार्य गर्ने भएको छ । नेपाली हस्तकला समयअनुसार परिमार्जन गर्दै जाने उद्देश्यले हस्तकला वर्ष २०२१ को अवसरमा हस्तकलाको प्रवद्र्धनात्मक अभियान अन्तर्गत दुई संस्थाबीच सहकार्यको सम्झौता भएको उपाध्यक्ष शाक्यले बताए ।

महासंघका अनुसार हस्तकलाको क्षेत्रमा आठ लाखभन्दा बढी मानिस रोजगार छन् । सामान्य अवस्थामा आन्तरिक बजार र निर्यातबाट वार्षिक झण्डै २० अर्ब रुपैयाँको हस्तकला समाग्रीको कारोबार हुने गरेको छ । कोरोनाका कारणले व्यवसाय खस्किएको जनाइको छ ।

हस्तकलाको आन्तरिक बजार विस्तार गर्न सरकारी निकायले पनि नेपाली हस्तकला सामग्री प्रयोग गर्नुपर्ने महासंघको माग छ । सरकारले इन्टेरिएर डिजाइनिङसँग हस्तकला समायोजन तालिम सञ्चालनका लागि बजेट व्यवस्था गर्नुपर्ने पनि महासंघको माग छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ७ : २० बजे

१७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव काठमाडौंमा हुने

काठमाडौं– नेपाल  १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु

मुगुका यार्सा पाटन जेठ १५ बाट खुला गरिने

मुगु– मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न पाटन क्षेत्रमा पाइने यार्सागुम्बा संकलन

दुई युवा सवार तीव्र गतिको मोटरसाइकल जब घरको भित्तामा ठोक्कियो

चितवन – चितवनको रत्ननगर नगरपालिकामा तीव्र गतिको मोटरसाइकल घरमा ठोक्किँदा

कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट

काठमाडौं– कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट भएका छन्

एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत

जुम्ला– नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित