अभिनेत्री एलिसनलाई जेल सजाय | Khabarhub Khabarhub

अभिनेत्री एलिसनलाई जेल सजाय


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(अमर उजाला)– अमेरिकी अभिनेत्री एलिसन मेकलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । उनीमाथि युवतीहरुलाई यौनधन्दामा जबरजस्ती लगाएको गम्भीर आरोप लागेको थियो । उनले युवतीमाथि ग्राहकसँग जबरजस्ती यौन सम्बन्ध राख्न दबाब दिने गरेकी थिइन् ।

यही आरोपअनुसार एलिसनमाथि ब्रुकलिनको संघीय अदालतमा सुनुवाई भएको थियो । उनको सजाय २९ सेप्टेम्बरबाट सुरु हुनेछ । एलिसनले अदालतमा आफ्नो कार्यप्रति पछुतो रहेकाले यो पछुतो आफ्नो जीवनको एउटा बोझ हुने बयान दिएकी थिइन् ।

सजाय सुनाउनु अघि एलिसनले पीडितहरु र उनकीहरुको परिवारसमक्ष रुँदै आफ्नो काम अपमानजनक, घृणित र अवैध भनेकी थिइन् । उने एनएक्सआईवीएम नेता कीथ रेनायरलाई पूर्ण रुपमा छोडेको बताएकी थिइन् । कीथ केही समय अघि नै यौन तस्करी र अन्य अपराधका लागि १ स्य २० वषको जेल सजाय काटिरहेका छन् ।

कीथले एनएक्सआइवीएम नामक एक संगठन बनाएका थिए र उनीबाहेक सबै महिला थिए । यो संगठनमा महिललाई जनावरभन्दा बढी दुव्र्यवहार गरिन्थ्यो । संगठनमा जोडिने महिलालाई कीथका साथ जबरजस्ती शारीरिक सम्बन्ध राख्न बाध्य पारिन्थ्यो । एलिनसन कीथलाई सहयोग गर्थिन् र अन्य युवतीलाई तस्करी गरेर संगठनमा राख्थिइन् ।

एलिसन डब्ल्यूबी टेलिभिजन सिरिज स्मलविले कार्यक्रमबाट लोकप्रिय भएकी थिइन् । उनले अधिकांश समय वेब सिरिजमा काम गरिन् । केहीमा उनले बोल्ड दृश्य पनि दिएकी थिइन् ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ५ : २० बजे

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभरि फैलिएको आगलागी

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

जुगल गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला