लागुऔषध र मदिराको लतमा फसेका यी कलाकार | Khabarhub Khabarhub

लागुऔषध र मदिराको लतमा फसेका यी कलाकार


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड फिल्म उद्योग जोकोहीका लागि चमकधमकले भरिपूर्ण लाग्छ । यसमा काम गर्ने कलाकारहरु फ्यानको हृदयमा राज गर्छन्, त्यहीकारण पनि जोकोही कलाकार बन्न चाहन्छन् ।

यद्यपि फिल्म उद्योगमा सबै कुरा राम्रो छ भन्ने हुँदैन । फिल्ममा जोडिएको यस्ता केही कालो रहस्य छन्, जसले आफ्ना फ्यानलाई टाढा राखेको छ । बलिउडका केही कलाकारहरु मदिरा र लागुऔषधको लतमा फसेर त्यसबाट बाहिर आइसकेका छन् । केही कलाकारको त मदिरा र लागुऔषधको लतले करियर बर्बाद हुने अवस्थासम्म आइपुगेको थियो ।

अभिनेता सञ्जय दत्तको बायोपिकको प्रवद्र्धन गरिरहँदा अभिनेता रणवीर कपूरले आफूले कलेजको दिनमा लागुऔषध लिने गरेको खुलासा गरेका थिए । ‘म कलेजका दिनमा लागुऔषध सेवन गर्थें र गलत संगतमा परेको थिएँ । केही समयमा नै मलाई यदि मैले लागुऔषध प्रयोग गरें भने जिन्दगीमा केही गर्न सक्दिनँ भन्ने लाग्यो । हरेक व्यक्ति जीवनमा गलत काम गर्छन्’उनले भनेका छन् ।

टेलिभिजन उद्योगका चर्चित कमेडियन कपिल शर्मा पनि मदिराको लतमा थिए । यही लतका कारण उनको कमेडी शो बन्द भएको थियो । अहिले उनले मदिरा छोडिसकेका छन् ।

अभिनेता धर्मेन्द्रले आफू १५ वर्षसम्म मदिराको लतमा रहेको खुलाएका थिए । उनले मदिराले आफ्नो करियरमा नकारात्मक प्रभाव बनाएको उल्लेख गरेका छन् ।

अभिनेत्री पूजा भट्टले सन् २०१७ मा आफू वर्षौसम्म मदिराको लतमा लागेपछि पिता महेश भट्टले आफ्नो उद्दार गरको जनाएकी छन् ।

अभिनेता सञ्जय दत्तले आफ्नो जवानीमा एक युवाले गर्नुपर्ने सबै काम गरे । मदिरादेखि लिएर लागुऔषध सबैको सेवन गरिसकेका छन् ।

सन् ८० को दशककी लोकप्रिय अभिनेत्री मनीषा कोइरालाले आफ्नो पुस्तकमा आफू कसरी मदिराको लतमा फसेको र कसरी त्यसबाट मुक्त भएको उल्लेख गरेकी छन् ।

अभिनेता प्रतीक बब्बरले मिडियामा आफ्नो लागुऔषध लडाईंको बारेमा जानकारी दिएका थिए । लागुऔषधका कारण आफूले धेरै समस्या भोगेको उनले बताएका थिए ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  २ : ३३ बजे

आगलागीका कारण बझाङमा वायु प्रदूषण उच्च

बझाङ । बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि

आजका समाचार :प्रेस स्वतन्त्रता दिवसदेखि सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राखिनेसम्म

सरकारले साहसिक र जनपक्षीय काम गरेको छ : प्रधानमन्त्री प्रधानमन्त्री

भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा

काठमाडौं–  प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट