सबै अस्पताललाई सेवा र लाग्ने शुल्क सार्वजनिक गर्न निर्देशन | Khabarhub Khabarhub

सबै अस्पताललाई सेवा र लाग्ने शुल्क सार्वजनिक गर्न निर्देशन


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमितको उपचारमा चर्को शुल्क असुल्ने गरेको जनगुनासो बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई सेवा र लाग्ने शुल्क सार्वजनिक गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कोभिड संक्रमितको उपचार गर्दै आएका सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई सात दिनभित्र सम्बन्धित अस्पतालबाट प्रवाह हुने सेवाको प्रकार, सोको लागत रकम, शीर्षकसमेत उल्लेख भएको मूल्यसूची र सञ्चालक समितिको आधिकारिक निर्णय आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएको छ ।

त्यस्तै मन्त्रालयले सबैले देख्नेगरी सूचना पार्टी टास गर्न समेत भनेको छ ।

अस्पतालहरुले अक्सिजनको शुल्क लिने, अनावश्यक परीक्षण गर्न लगाई बिरामीमाथि थप आर्थिक भार बढाउने, उपचारको लागि आवश्यक पर्ने सामग्रीहरुको बन्दोबस्त गर्न बिरामी आफैलाई लगाउने, आवश्यकता भन्दा बढी औषधि तथा स्वास्थ्य सामग्री खरिद गर्न लगाउने गरेको गुनासो आएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  १० : १० बजे

जिरी नगरपालिमा सबै योजनाको सम्झौता सम्पन्न

दोलखा– जिल्लाको जिरी नगरपालिकाले चालु वर्ष वितरण गरेका सत् प्रतिशत

बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड

काठमाडौं– बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै

हाम्रो नेतृत्वमा सरकार बन्छ कि भनेर कतिपयलाई पोल्न थालेको छ : माधव नेपाल (भिडियाेसहित)

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

बेलबारी– लामो समयदेखि पानी नपर्दा किसानले लगाएको अन्नबाली सुक्न थालेको

भोजपुर बोलेरो दुर्घटना : दुई जनाको मृत्यु

टक्सार– भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो