मनीषाको पहिलो फोटोसुट तस्वीरमा मख्ख आयुष्मान | Khabarhub Khabarhub

मनीषाको पहिलो फोटोसुट तस्वीरमा मख्ख आयुष्मान


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री तथा नेपाली चेली मनीषा कोइरालाले मंगलबार पुरानो दिन सम्झँदै आफ्नो एक श्यामस्वेत(ब्ल्याक एण्ड ह्वाइट) तस्वीर इन्स्टाग्राममा पोष्ट गरिन् । यो तस्वीर उनका लागि किन पनि विशेष थियो भने उनको करियरको यो पहिलो फोटोसुट थियो ।

नवभारत टाइम्सका अनुसार यो क्लोजअप तस्वीरमा मनीषा कम मेकअपसँगै छोटो कपालमा देखिएकी छन् । उनी क्यामरातिर नहेरी अगाडि हेरेकी छन् । तस्वीरमा ‘थ्रोब्याक…मेरो पहिलो फोटोसुट । ह्यासट्याग थ्रुब्याकट्युस्डे’ क्याप्सन लेखेकी छन् ।

उनको यो पोस्टमा दीया मिर्जा, श्रुति हासन, लीजा रे, निर्देशक ओनिर जस्ता सेलिब्रेटीले मुटुको इमोजी राख्दै प्रतिक्रिया दिएका छन् । अभिनेत्री गेब्रेला रिटले ‘सुन्दर’ भन्दै प्रतिक्रिया दिएकी छन् ।

अभिनेता आयुष्मान खुरानाले पोस्टमा लाइक गर्दै तस्वीरलाई आफ्नो इन्स्टाग्राम स्टोरीमा शेयर गरेका छन् । शेयर गरेको तस्वीरमा ‘मनीषा कोइरालाको तारीफको कथा’ लेखेका छन् ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ९ : १० बजे

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल