‘सिजी इन्टरनेट’ सेवा आजदेखि शुरू | Khabarhub Khabarhub

‘सिजी इन्टरनेट’ सेवा आजदेखि शुरू


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिजी कम्युनिकेसन प्रालिले आजदेखि काठमाडौँ उपत्यकामा उच्च गतिको इन्टरनेट सेवा शुरूवात गरेको छ ।

यसबाट सार्वजनिक एवम् निजी क्षेत्रबाट प्रवाह हुने सेवाका गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ । हाल इन्टरनेट प्रदायक कम्पनीका तुलनामा सिजीको सेवा सस्तो रहेको दाबी समेत गरिएको छ ।

कम्पनीद्वारा आज जारी विज्ञप्तिमा १२० एमबीपीएस गतिको ‘सिजी नेट’ रु ९९९ मा उपलब्ध हुने जनाइएको छ। कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सिजी नेट सेवाले उपभोक्ताको जीवनमा नयाँ अनुभव गराउने बताए। कम्पनीले शुरूवाती चरणमा इन्टरनेट सेवा शुरु गरेपनि चाँडैनै आइपीटिभी तथा अन्य सेवा ल्याउने तयारी भएको जनाएको छ ।

विज्ञप्तिमा शुरुवाती चरणमा काठमाडौं उपत्यकाका तीनै जिल्लामा उपलब्ध हुने, तत्कालका लागि जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनामा क्षेत्रमा जडान हुने र एकवर्षभित्र उपत्यकाका सबै क्षेत्रमा सेवा विस्तार हुने उल्लेख छ ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ६ : ०६ बजे

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना