बनेपा क्षेत्रको शिलबन्दी हटाइयो | Khabarhub Khabarhub

बनेपा क्षेत्रको शिलबन्दी हटाइयो


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– बनेपा नगर क्षेत्रमा लगातार दुई हप्ता गरिएको शिलबन्दी आजदेखि हटाइएको छ । नगरक्षेत्रमा सङ्क्रमित सङ्ख्या घटिरहे पनि जोखिम कायमै रहेको जनाउँदै निषेधाज्ञा भने आउँदो २६ गतेसम्म जारी नै राखिएको छ ।

शिलबन्दी अवधिभर बनेपाले मर्निङवाकसमेत गर्न दिएको थिएन । नगरद्वारा सोमबार जारी सूचनामा स्वास्थ्यका मापदण्ड अपाई अत्यावश्यक सेवामात्रै सञ्चालन गर्न पाइने तथा बिहान छ देखि १० बजेसम्म खाद्यान्न, ग्यास, तरकारी, फलफूल, खानेपानी तथा पशुको दाना बिक्री गर्ने पसल खोल्न पाइने भएको जनाइएको छ ।

बैंक–वित्तीय संस्था, विद्युत्, सञ्चार कार्यालय, फोहर व्यवस्थापनका कार्यालय खोल्न पाइए पनि निजी तथा सार्वजनिक सवारी, भीडभाड हुने जिमखाना, सिनेमा हल, विद्यालय, पार्टीप्यालेस, रेष्टुरेन्ट सञ्चालन गर्न पाइने छैन ।

केही दिनदेखि सङ्क्रमण दर घटिरहेको बनेपा नगरमा हाल २११ पुरुषसहित ३९४ सक्रिय सङ्क्रमित छन् । हालसम्म २२ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । अन्य चार स्थानीय तहमा भने शिलबन्दी कायमै छ । पनौती नगर, भुम्लु गाउँपालिका र बेथानचोक गाउँपालिकाको शिलबन्दी–अवधि पनि सोमबार सकिएको छ । नमोबुद्ध नगर र रोशी गोउँपालिका शिलबन्दीको समयसीमा बुधबारसम्म छ । जेठ ७ गते पाँच दिन नगर क्षेत्र शिलबन्दी गरेको धुलिखेलले एकैपटक पुनः १० दिन शिलबन्दीको अवधि थपेको छ । पाँचखालले भने ८ गतेदेखि एकैपटक १५ दिन नगर शिलबन्दी गरेको थियो ।

मण्डनदेउपुरले दोस्रो लहरको कोभिड–१९ नगरमा तीव्ररूपमा फैलिएकाले यस जोखिमपूर्ण अवस्थामा सङ्क्रमण, नियन्त्रण, न्यूनीकरण तथा सङ्क्रमण शृङ्खला तोड्नुपर्ने जनाउँदै १२ गतेदेखि एकैपटक १० दिन नगरक्षेत्र शिलबन्दी गरेको छ । शिलबन्दी गरिएका सबै तहले आफ्नो क्षेत्रमा स्वास्थ्यसम्बन्धी अत्यावश्यक सेवाबाहेक सबै पूर्णरूपमा बन्द गरेको जनाउँदै आएका छन् ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ९ : ४५ बजे

मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा

कैलाली – सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

वेनचाङ – चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग

काठमाडौं –काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।

विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

मोरङ – मोरङमा विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम