जुका र चुर्नाबाट बच्न खानुहोस् यी ६ कुरा | Khabarhub Khabarhub

जुका र चुर्नाबाट बच्न खानुहोस् यी ६ कुरा


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हाम्रा शरीरभित्र विभिन्न परजीविहरू हुन्छन् । ती परजीविहरूले हाम्रो शरीरको पोषणहरू सोसेर खाइदिइरहेको हुन्छ।

मानव शरीरका लागि हानिकारक तर हाम्रो शरीरभित्रै डेरा जमाएर बसेका त्यस्ता परजीविहरूलाई मार्नका लागि प्राकृतिक रुपमा नै केही खानेकुराहरू पनि पाइन्छन् । आउनोस्, त्यस्ता स्वस्थकर, मानावोपयोगी खानेकुराहरूबारे जानीराखौँ।

बेसारः बेसारलाई चमत्कारी खानकुरा मानिन्छ । बेसारले शरीरभित्र रहेका जुकाहरू लगायत अन्य विभिन्न परजीविहरूलाई मारेर शरीरबाट बाहिर निस्कासन गर्न मद्दत गर्छ।

ल्वाङः ल्वाङमा कार्योफिलिन (Caryophyllene) पाइन्छ । रगतमा ल्वाङमा पाइने त्यो तत्व मिसिएपछि शरीरभित्र रहेका परजीविहरू, तिनका अण्डा र लार्भालाई मारिदिन्छ।

लसुनः ताजा लसुनमा एलिसिन (Allicin) पाइन्छ । यो एलिसिन प्राकृतिक रुपमै पाइने त्यस्तो प्रभावशाली एन्टिबायोटिक्स हो, जसले २० किसिमका व्याक्टेरियाहरू, ६० किसिमका ढुसी (फङ्गस) र केही खतरनाक भाइरसहरूलाई समेत मारिदिन्छ।

फर्सीको बियाँः फर्सीको बियामा क्युकुरविटासिन (Cucurbitacin) पाइन्छ । यसमा पनि प्रतिजैविक तत्त्वहरू पाइन्छ। त्यसले शरीरमा भएरका परजीविहरू र तथा तिनका लार्भाहरूलाई पक्षघात गराएर निष्क्रिय बनाइदिन्छ।

मेवाका दानाः मेवाका दानाले शरीरभित्र टेपवर्म र अन्य विभिन्न किसिमका परजीवि एवं जुकाहरूलाई मारिदिन्छ।

अदुवाः शरीरभित्र रहेका जुकालगायतका परजीविहरूलाई मार्नको लागि अदुवा पनि एउटा प्रभावकारी खानेकुा हो। यसले आन्द्राको संक्रमणबाट हामीलाई बचाउँछ र आमाशयमा एसिडको नियमित उत्पादनमा पनि सहयोग पुर्याउँछ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  १ : २३ बजे

इलाम र बझाङमा माओवादीको दहीच्युरे नीति किन?

काठमाडौं – प्रतिनिधि सभामा ३२ सिट भएको नेकपा (माओवादी केन्द्र)

एक ढिक्का भएर कांग्रेसलाई बलियो बनाउनुपर्छ : शेखर कोइराला

बाँके –नेपाली काग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले पार्टीलाई बलियो

माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु

कैलाली – कैलालीको गौरीगङ्गामा माटोको ढिस्कोमा पुरिएर आज एक महिलाको

बेलायत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ३४ लाख

काठमाडौं महानगरद्वारा दाङ र गुल्मीका दुई पालिकालाई राहत प्रदान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दाङ र गुल्मीका दुई