प्रधानमन्त्री ओलीलाई कांग्रेस प्रवक्ता शर्माको कटाक्ष- समस्या कालो कोटमा हैन कालो सोचमा | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीलाई कांग्रेस प्रवक्ता शर्माको कटाक्ष- समस्या कालो कोटमा हैन कालो सोचमा


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा विघटनविरूद्धको सुनुवाइका लागि संवैधानिक इजलासमा तोकिएका  न्यायाधीशबारे प्रश्न उठाउने कानून व्यवसायीको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार आलोचना गरे ।

प्रधानमन्त्री ओलीले सोमबार युवा संघको कार्यक्रमलाई भर्चुअल रूपमा सम्बोधन गर्दै कालो कोटधारी केही व्यक्तिले अदालतलाई कुन अवस्था तथा कुन हैसियतमा पुर्‍याउँदैछन् भन्ने टिप्पणी गरेलगत्तै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ओलीलाई कटाक्ष गरेका छन् ।

कांग्रेस प्रवक्ता शर्माले ट्वीट गर्दै समस्या कालो कोटमाभन्दा पनि कालो सोचमा रहेको उल्लेख गरेका छन् ।

‘कालो कोटमा होइन कालो सोचमा समस्या छ प्रधानमन्त्रीज्यू,’ उनले भनेका छन्, ‘व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध शासकको `भावनात्मक उत्तेजना´ सदैव निन्दनीय हुन्छ।’

उनले प्रधानमन्त्री ओलीको आलोचना गर्दै भनेका छन्, ‘अरू बोले अराजक अभिव्यक्ति, आफू बोले अभिव्यक्ति स्वतन्त्रता? विवेक बोल्ने पूर्वप्रधानन्यायाधीशहरू आउटडेटेड अनि आफ्नो आइटडेटेड राजनीतिक दर्शन चैँ दिब्यज्ञान? प्रधानमन्त्रीज्यू, व्यक्तिको पहिचान अभिव्यक्तिमा हुन्छ। देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रौकौं, अब ।’

 

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ८ : ५५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र