कोरोनाविरूद्धको खोप : कुन भ्रम, कुन यथार्थ  ? | Khabarhub Khabarhub

कोरोनाविरूद्धको खोप : कुन भ्रम, कुन यथार्थ  ?



भ्रम नं) कोभिड–१९ भ्याक्सीनले DNA लाई ड्यामेज गर्दछ ।

वास्तविकता नं- १) चारै किसिमका कोभीड–१९ भ्याक्सीनहरु MRNA, Viral Vector, Inactivated Virus, Protein Antigen भ्याक्सीन कुनैले पनि DNA ड्यामेज गर्दैन ।

भ्रम नं- २) यो भ्याक्सीन हतारमा बनाइएको हुँदा सुरक्षित छैन ।

वास्तविकता नं-२) यो भ्याक्सीन कम समयमा तयार गरिएको भएता पनि यसले सुरक्षाका सबै मापदण्डहरू पार गरेको छ ।

भ्रम नं- ३) फूड एलर्जी भएका, कमजोर एवं प्रतिघाती प्रतिरक्षा प्रणाली भएका, बच्चालाई दुध चुसाउने आमा र गर्भवतीहरुले भ्याक्सीन लगाउन हुँदैन।

वास्तविकता नं-३) गर्भवतीहरुमा आधिकारीक निर्णय भईसकेको छैन । बाँकी अरुले यो भ्याक्सीन लगाउन सक्छन् ।

भ्रम नं-४) कोभीड–१९ भ्याक्सीन लगाएपछि कोभीड–१९ को संक्रमण हुन सक्दछ ।

वास्तविकता नं-४) कोभीड–१९ का चारै किसिमका भ्याक्सीनहरुलाई मानव उपयोगी बनाईएकाले कोभीड–१९ हुन सक्दैन ।

भ्रम नं- ५) कोभीड–१९ बाट संक्रमितहरुले भ्याक्सीन लगाउनु पर्दैन ।

वास्तविकता नं-५) प्राकृतिक प्रतिरक्षा प्रणाली कहिले सम्म टिक्दछ भनेर भन्न सकिन्न यसर्थ कोभीड संक्रमितहरुले पनि भ्याक्सीन लगाएर सुरक्षित होऔं ।

भ्रम नं- ६) कोभीड–१९ भ्याक्सीन लगाएपछि माक्स लगाउने र सामाजिक दूरी कायम गर्नु पर्दैन ।

वास्तविकता नं-६) भ्याक्सीन लगाए पनि महामारी नियन्त्रणका लागि माक्स लगाउने र सामाजिक दूरी कायम गर्नु पर्दछ ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ५ : ५५ बजे

सरकारले गरिबी निवारणमा जोड दिनुपर्छ : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले

भारतका महालेखापरीक्षकले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र

भारतको कारखानामा विस्फोट हुँदा दुई जनाको मृत्यु

नयाँदिल्ली– उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई

इन्टरनेट नचल्दा रोकियो राहदानीको ‘लाइभ इनरोलमेन्ट’

काठमाडौं- भारतीय कम्पनी एयरटेलले भुक्तानी नपाएको भन्दै नेपालको ब्यान्डविथ आपूर्ति

एक सातामा ३३ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ? 

काठमाडौं– नेपाल स्टक एक्जेञ्ज (नेप्से) पछिल्लो सातामा ३३।०३ अंकले बढेको