चितवनलाई हराउँदै धनगढी शीर्ष स्थानमा | Khabarhub Khabarhub

चितवनलाई हराउँदै धनगढी शीर्ष स्थानमा


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धनगढी एफसी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा एफसी चितवनलाई ३-० गोल अन्तरले पराजित गर्दै धनगढी शीर्ष स्थानमा उक्लिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन निशान लिम्बु, ओलावाले आफिज र बुद्ध बल तामाङले एक एक गोल गरे ।

खेलको ६४ औं मिनेटमा निशानको गोलबाट धनगढीले १-० को अग्रता बनायो । निशान खड्काको क्रसमा निशानले बललाई पोस्टको जाली चुमाए ।

खेलको ६९ औं मिनेटमा ओलावालेले गोल गर्दै धनगढीलाई २-० को अग्रता दिलाए । निशान लिम्बुको क्रसमा अनमार्क रहेका ओलावालेले हेड मार्फत गोल गरेका थिए ।

खेलको ८० औं मिनेटमा बुद्ध बलले गोल गर्दै धनगढीलाई ३-० को जित दिलाए । खेलमा धनगढीका निशान लिम्बु प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे ।

इमर्जिङ प्लेयर अफ दि म्याच धनगढीकै बुद्ध बल तामाङ चुनिए । उनले १० हजार प्राप्त गरे । जितसँगै धनगढीले ४ खेलमा ७ अंक जोडेको छ । धनगढीको यो दोस्रो जित हो ।

पहिलो खेलमा धनगढी विराटनगर एफसीसँग ३-० ले पराजित भएको थियो । तर, दोस्रो खेलमा धनगढीले काठमाडौं रेजर्सलाई ३-० ले हराएको थियो ।

तेस्रो खेलमा भने धनगढी ललितपुर सिटी एफसीसँग १-१ गोलको बराबरीमा रोकिएको थियो । चितवनको यो पहिलो हार हो ।

चितवनले ३ खेलमा २ अंक जोडेको छ । चितवनले पहिलो खेलमा ललितपुरसँग १-१ गोलको बराबरी खेलेको थियो ।

दोस्रो खेलमा चितवनले बुटवलसँग २-२ को बराबरी खेलेको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ७ : ४१ बजे

उसुमा दीपक हमालले बनाए कीर्तिमान 

काठमाडौं– चीनमा भइरहेको अन्तर्राष्ट्रिय उसु प्रतिस्पर्धामा नेपालले तीनवटा कास्य पदक

इलाम-२ मा रास्वपा उम्मेदवार लिम्बूद्वारा आचारसंहिता उल्लङ्घन

इलाम – इलाम २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, ‘ब्रेक थ्रू’ को तयारी

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको

नेपाललाई तेस्रो सफलता, वेस्ट इन्डिज ‘ए’ का एलिक अथानाज पनि आउट

काठमाडौं- नेपालले वेस्ट इन्डिज ए विरुद्ध तेस्रो सफलता हासिल गरेको

वेस्ट इन्डिज ‘ए’ले गुमायो दोस्रो विकेट

काठमाडौं– नेपालले वेस्ट इन्डिज ए विरुद्ध दोस्रो सफलता हासिल गरेको