कोरोना संक्रमणका कारण अभिनेता विक्रमजीतको निधन | Khabarhub Khabarhub

कोरोना संक्रमणका कारण अभिनेता विक्रमजीतको निधन


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड अभिनेता विक्रमजीत कंवरपालको कोरोना संक्रमणका कारण निधन भएको छ । उनी ५२ वर्षका थिए ।

अमर उजालामा प्रकाशित समाचारअनुसार फिल्म निर्माता अशोक पण्डितले अभिनेताको निधनमा शोक व्यक्त गरेका छन् ।

‘आज बिहान कोभिडका कारण अभिनेता मेजर विक्रमजीत कंवरपालको निधनका बारेमा सुनेर दुःख लागेको छ । उनी एक सेवानिवृत्त सेना अधिकारी थिए । जसले कैयौं फिल्महरु र टेलिभिजन सिरियलमा सहायक भूमिका निभाएका थिए । उनको परिवार तथा आफन्तप्रति हार्दिक समवेदना’, उनले ट्वीट गरेका छन् ।

भारतीय सेनाबाट सेवानिवृत्त भएपछि विक्रमजीतले सन् २००३ मा आफ्नो अभिनय करियर सुरुवात गरेका थिए । उनले ‘पेज ३’, ‘रकेट सिंहः सेल्समेन अफ द ईयर’, ‘आरक्षण’, मर्डर २’, ‘२ स्टेट्स’ र ‘द गाजी अटैक’ जस्ता फिल्ममा अभिनय गरेका थिए ।

फिल्मबाहेक उनले टेलिभिजन सिरियल ‘दीया और बाती हम’, ‘ये हैं चाहते’, ‘दिल ही तो है’ र ‘२४’मा प्रमुख भूमिका निभाएका थिए ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ११ : १५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र