भौगोलिक अखण्डताको रक्षामा सरकार 'गम्भीर नबनेको' नेता रावलको आरोप | Khabarhub Khabarhub

भौगोलिक अखण्डताको रक्षामा सरकार ‘गम्भीर नबनेको’ नेता रावलको आरोप


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता भीम रावलले महाकालीमा भारतले एकतर्फी तटबन्ध निर्माण जारी राख्दा समेत सरकार गम्भीर नबनेको आरोप लगाएका छन् ।

संघीय संसद अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा नेता रावलले अति संवेदनशील विषयमा पनि सरकारको कुनै धारणा नआउनु लापरबाही भएको बताएका हुन् ।

उनले भने, ‘यस विषयमा सरकारले चासो नलिनु लापरबाही हो, नेपालको भौगोलिक अखण्डताको रक्षाका लागि सरकारले तत्काल वार्ता गर्नुपर्छ।’

संसदीय समितिको बैठकले दार्चुला सदरमुकाम पारिपट्टि एकतर्फी रूपमा तटबन्ध निर्माण जारी राखेको विषयमा भारतसँग वार्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ९ : १५ बजे

एकदिने भ्रमणमा नेपाल आइपुगिन् जापानी विदेशमन्त्री योको

काठमाडौं– जापानकी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

थरीथरीका गुराँसले ढपक्कै तीनजुरे (फोटो फिचर)

तीनजुरे– पूर्वी नेपालको तेह्रथुमस्थित लालीगुराँस नगरपालिका गुराँस पर्यापर्यटनको प्रवेशद्वार हो

ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना जलेर घाइते

काठमाडौं- ललितपुरमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका

नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील

सार्वजनिक शौचालय प्रयोग गर्दा नगर्नुहोस् यस्ता गल्ती

काठमाडौं– विशेष गरी सहरी भेगमा सार्वजनिक शौचालयको प्रयोग बढी हुने