चैत २८ गते कोभिड कप फुटबल हुँदै | Khabarhub Khabarhub

चैत २८ गते कोभिड कप फुटबल हुँदै


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं जिल्ला सहकारी र हेराल्ड मिडिया हाउसको मुख्य आयोजनामा आगामी चैत २८ गते दशरथ रंगशालामा कोभिड कप फुटबल प्रतियोगिता हुने भएको छ ।

उक्त प्रतियोगिताको उद्घाटन भने प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । आयोजक टिमले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको विषयमा जानकारी दिएको थियो ।

विश्वलाई सन्देश दिने उद्देश्यले आफूहरुले उक्त प्रतियोगिताको आयोजना गरेको आयोजक टिमको भनाइ छ ।

आयोजकका अनुसार प्रतियोगितामा विभिन्न दश टिमले सहभागी जनाउनेछन् । कलाकारहरुको तर्फबाट भाग लिने टिमको नेतृत्व (कप्तान) नायक धीरेन शाक्यले गर्ने र लोकदोहोरीबाट भाग लिने टिमको नेतृत्व गायक बद्री पंगेनी, हाँस्यकलाकारबाट ईन्द्र दोङ खम्बे, काठमाडौं जिल्ला सहकारी संघबाट अध्यक्ष ज्ञानबहादुर तामाङले गर्ने बताइएको छ ।

‘कोभिडबाट थलिएका हामी फेरि उठ्नुछ’ भन्ने नाराका साथ प्रतियोगिता विशुद्ध मनोरञ्जनका लागि मात्र हुने पनि आयोगक टिमले जनाएको छ ।

कार्यक्रममा मिडिया हाउसका कार्यकारी निर्देशक समिर लामाले विश्व नै कोभिडबाट प्रभावित भएको उल्लेख गर्दै नेपालले भने कोभिडबाट कम क्षति व्यहोरेको भन्दै कोभिड नियन्त्रणमा नेपालको अवस्था सन्तोषजनक भएको बताए । उनले भने,‘विश्वले नै कोभिडको मार भोगिरहेको छ ।’

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ६ : ४४ बजे

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ