आमिरको ‘लाल सिंह चड्डा’मा तीन सय बढी कलाकार ! | Khabarhub Khabarhub

आमिरको ‘लाल सिंह चड्डा’मा तीन सय बढी कलाकार !


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’को अन्तिम सेड्यूलको तयारी पुरा भएको छ । फिल्ममा ६० अन्य कलाकारको सहभागिता हुनेछ ।

दैनिक भास्करमा प्रकाशित समाचार अनुसार पुरा फिल्ममा तीन सय बढी कलाकार हुनेछन् । फिल्म युनिट यो समयमा प्रमुख अभिनेता आमिर खानको प्रतिक्षा गरिरहेको छ ।

फिल्म सम्बद्ध स्रोतका अनुसार फिल्मको अन्तिम भागको सुटिङ कारगिलमा हुनेछ । जहाँ इन्डो–पाकको कारगिल युद्धको सिक्वेन्स छायांकन गरिनेछ ।

फिल्ममा लालसिंह चड्डाका साथ युद्धमा सहभागिता जनाउनका लागि सेनाको एक टुकडी पनि हुनेछ । जसका लागि ५० देखि ६० जना कलाकारको कास्टिङको काम गरिएको छ ।

फिल्ममा सिनियर अफिसरको भूमिका मानव विजले निभाउदैछन् । फिल्ममा आमिरको साथीको भूमिकाका लागि दक्षिण भारतीय कलाकार नागा चैतन्यसँग कुराकानी भइरहेको छ ।

यसअघि यो भूमिकामा विजय सेथुपतीलाई भनिए पनि उनको व्यस्तताका कारण समय दिन सकेका थिएनन् ।

फिल्ममा विजयको स्थानमा नयाँ कलाकार राख्नका लागि आमिरले आफ्नो टिमलाई तीन समूहमा बनाई बंगाल, तमिलनाडु र आन्ध्रप्रदेश अडिसनका लागि गएका थिए ।

फिल्ममा आमिर पञ्जाबी गेटअपमा देखिनेछन् ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ३ : ३० बजे

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ