चैत अन्तिम साता ‘गुड फ्रेण्ड’ | Khabarhub Khabarhub

चैत अन्तिम साता ‘गुड फ्रेण्ड’


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँवर्ष २०७८ को छेको पारेर आगामी चैत २७ गते फिल्म ‘गुड फ्रेण्ड’ रिलिज हुने भएको छ । साथी–साथीबीचको सम्बन्ध, प्रेम र समर्पणको कथामा निर्माण गरिएको फिल्मको ट्रेलर साइराम पिक्चर्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

यसअघि चैत २० गतेबाट हलमा आउने भनिए पनि फिल्म एकसाता पछि सरेर चैत २७ मा आउने निर्माण पक्षको भनाई छ ।

राजबहादुर सानेको निर्देशन रहेको फिल्ममा मुकेश ढकाल, सबिना कार्की, राज सिंह, दीपकविक्रम शाही, एलवी कटवाल, राजन महर्जन, वसन्त बर्मा, पुजा महर्जन, धीरज खत्री र भूमिका सापकोटालगायतको अभिनय छ ।

बिजी बर्मा फिल्मस्को व्यानरमा वसन्त बर्माको प्रस्तुति रहेको फिल्मको निर्मातामा वसन्त बर्मा, राज सिंह र पम्फा बर्मा छन् ।

फिल्मको सह–निर्मातामा बारुफ बर्मा र पारुबी बर्मा छन् । फिल्मको गीतमा संजय लामा बलको संगीत,प्रदीप खड्काको द्वन्द्व र प्रबल प्रधानको सम्पादन छ ।

निर्देशक सानेले आफ्नो फिल्मले साथीसाथीबीचको प्रेम बोल्ने बताए ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ९ : ३५ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक बनाएर असिफ आउट

काठमाडौं– आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन्

‘सरकार ! रूसबाट आफन्त फिर्ता ल्याइदेऊ’

काठमाडौं – सन् २०२२ फेब्रुअरी २४ देखि रूसले छिमेकी युक्रेनमाथि

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको