भारतका उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्टलाई कोरोनाको खोप | Khabarhub Khabarhub

भारतका उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्टलाई कोरोनाको खोप


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतका उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका देशकाउच्चपदाधिकारीहरूले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

उनीहरुले सोमबार पहिलो चरणको खोप लगाउँदै आम नागरिकलाई पनि खोप लगाउन आह्वान समेत गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्रीय राजधानी नयाँ दिल्लीमा रहेको ‘इन्डियन इन्स्ष्टिच्युट अफ मेडिकल साइन्स (एआइआइएमएस) मा गएर खोप लगाएका हुन् ।

उनले आफूले खोप लगाएको फोटो सोमबार सामाजिक सञ्जालहरुमा पनि राखेका छन् ।

“मैले आज कोरोनाभाइरस विरुद्धको पहिलो खोप लगाएको छु, चिकित्सक तथा वैज्ञानिकहरुको सिफारिसका आधारमा मैले खोप लगाएको हुँ, विश्वव्यापी महामारीका विरुद्धमा लड्न यसले सवैलाई प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएको छु,” उनले भनेका छन् ।

उनले आफूले खोप प्रतिको विश्वास भएकाले खोप लगाएको उल्लेख गर्दै आम नागरिकलाई पनि खोप लगाउन समेत आह्वान गरे ।

भारतमा गत जनवरी १६ देखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको भएपनि प्रधानमन्त्रीसहितका उच्चपदस्थ अधिकारीले भने सोमबार मात्रै लगाएका हुन् ।

सोमबार प्रधानमन्त्री मोदीसँगै उपराष्ट्रपति, मन्त्री, न्यायाधीशहरूलगायतका धेरै उच्चपदस्थ पदाधिकारीहरूले खोप लगाएका हुन् ।

–एएनआई

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ८ : २५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र