बार्सिलोनाका पूर्वअध्यक्ष जोसेफ मारिया पक्राउ | Khabarhub Khabarhub

बार्सिलोनाका पूर्वअध्यक्ष जोसेफ मारिया पक्राउ


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पानिस क्लब बार्सिलोनाका पूर्वअध्यक्ष जोसेफ मारिया बार्तामेउलाई स्पानिस प्रहरीले पक्राउ गरेको छ । उनीसहित तीन जनालाई सोमबार पक्राउ गरेको अमेरिकी समाचार संस्था डेली मेलले जनाएको छ ।

डेलीमेलका अनुसार बार्तामेउमाथि उनी क्लबको अध्यक्ष रहँदा पूर्वखेलाडीलाई अभियोग लगाउने ‘बार्सागेट’ नामक अभियान चलाएको आरोप छ ।

समाचारमा जनाइए अनुसार बार्सिलोनाका सीईओ ओस्कार ग्राउ र हेड अफ लेगल सर्भिसका रोमन गोमेज पोन्टी पनि पक्राउ परेको डेली मेलले जनाएको छ ।

बार्तामेउले क्लबका वर्तमान र पूर्वखेलाडीको विरुद्धमा धब्बा लाग्ने खालको अभियान चलाएको स्पानिस मिडियाले जनाएका छन् । यसअघि लियोनल मेसीसँगको विवादपछि बोर्ड निर्देशकसहहित बार्तामेउले पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ५ : ३९ बजे

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त

म्याग्दीको अन्नपूर्णमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन्

इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलामा– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र