४० अंकले बढ्यो शेयर बजार, सबैभन्दा बढी कारोबार गर्ने इन्फ्रास्ट्रक्चर बैंक | Khabarhub Khabarhub

४० अंकले बढ्यो शेयर बजार, सबैभन्दा बढी कारोबार गर्ने इन्फ्रास्ट्रक्चर बैंक


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको दोस्रो दिन सोमबार शेयर बजारमा हरियाली छाएको छ ।

आइतबार चार महिनायता सबैभन्दा धेरै घटेको शेयर बजार सोमबार ४० दशमलव ६४ अंकले बढेको हो । अंकको वृद्धिपछि नेप्से २५१५ अंकमा कायम भएको छ ।

योसँगै नेप्से २ हजार ५ सय १५ दशमलव ३ अंकमा बन्द भएको छ । सोमबार उपसमूहका शेयरमा पनि हरियो बलेको छ ।

सोमबार शेयर बजारमा  ५ अर्ब ६९ करोड २३ लाख भन्दा धेरै रकमको कारोबार भएको छ । आज शेयर बजारमा २ सय ९ वटा कम्पनीको १ करोड १८ लाख ३८ हजार ४ सय ८८ कित्ता सेयर खरिद विक्री भएको थियो ।

आज चन्द्रागिरि हिल्सको शेयर सबैभन्दा धेरै ९.९ प्रतिशतले बढेको छ । आज सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

यस्तै आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक शेयर कारोबार सबैभन्दा धेरै कारोबार भएको छ ।  सो कम्पनीको ४४ करोड रुपैयाँको कारोबार हुँदा शेयर मूल्य ५२९ रुपैयाँ बढेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ४ : ३० बजे

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा