जामाखोला जलविद्युत् आयोजना २ वर्षपछि पुनः सञ्चालनमा | Khabarhub Khabarhub

जामाखोला जलविद्युत् आयोजना २ वर्षपछि पुनः सञ्चालनमा


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुमपूर्व– सिस्ने गाउँपालिका–८ धपेमा रहेको जामाखोला लघुजलविद्युत् आयोजना पुनर्निर्माण गरी सञ्चालन गरिएको छ । पहिरोले विद्युत् गृह बगाएर अवरुद्ध भएको दुई वर्षपछि विद्युत् पुनर्निर्माण गरी सञ्चालन गरिएको हो ।

शुरुमा २०७२ माघ २६ गते उद्घाटन गरी सञ्चालन भएको ९० किलावाटको विद्युत् आयोजना करीब चार वर्षसम्म चलेर बन्द भएको थियो । पहिले वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रको रू. दुई करोड १३ लाख र जनश्रमदान गरी करीब रू. चार लाखमा निर्माण गरिएको विद्युत् २०७५ असोज ५ गते राति आएको पहिराले क्षति गरेपछि अवरुद्ध भएको थियो ।

विद्युत् गृहको माथिबाट आएको पहिराले विद्युत् गृह पूर्णरुपमा क्षति भएपछि त्यसपछिका दुई वर्षको अवधिमा वडा नं ८ का सबै र ७ नं वडाका केही ठाउँका स्थानीयवासीले नेपाल विद्युत् प्राधिकरणको विद्युत् उपभोग गरेका थिए ।

अहिले करीब रू. ४० लाखको बजेटमा विद्युत् पुनःनिर्माण गरी सञ्चालन गरिएको रुकुमपूर्व, जामाखोला लघुजलविद्युत् उपभोक्ता समितिका अध्यक्ष बिर्खबहादुर बुढाले जानकारी दिए । उनका अनुसार विद्युत् सेवा सञ्चालन भएपछि केही समय अँध्यारोमा बस्न बाध्य भएका स्थानीयवासीले फेरि बिजुली बाल्न पाएका छन् ।

आयोजनाबाट वडा नं ८ का सबै टोल र साबिकको ७ नम्बर वडाका जनता लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष बुढाले बताए । अवरुद्ध विद्युत् सेवा पुनर्निर्माण भई सञ्चालनपछि स्थानीयवासी हर्षित भएका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  १० : ४५ बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल