करिश्माको ‘वनबास’मा सरोज र कविता बाबुछोरी | Khabarhub Khabarhub

करिश्माको ‘वनबास’मा सरोज र कविता बाबुछोरी


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री करिश्मा मानन्धरले छोरी कविता मानन्धर र अभिनेता सरोज खनाललाई प्रमुख भूमिकामा लिएर फिल्म ‘वनबास’ बनाउने भएकी छन् ।

उनले सामाजिक सन्जाल फेसबुकमार्फत ‘वनबास’को तस्बिर राख्दै ‘कथा परिवारको, कथा सम्बन्धको– ‘वनबास’ लेखेकी छन् । करिश्माले निर्माण गरेको फिल्म ‘फागू’ पाँच वर्ष अघि रिलिज भएको थियो ।

करिश्माकी छोरी कविताले यसअघि फिल्म ‘एउटा यस्तो प्रेम कहानी’बाट अभिनयमा डेब्यू गरे पनि उनको डेब्यू सफल हुन सकेन । करिश्माले होम प्रोडक्सनमार्फत निर्माण गर्न लागेको फिल्ममा सुशील क्षेत्रीको निर्देशन रहनेछ ।

‘यो राम वनबास गएको वनबास होइन । तर कथाले धेरै मात्रामा त्यस्तै किसिमको व्याख्या गर्छ । अहिले बनाइरहेको व्यावसायिक फिल्म भन्दा फरक हो । यसले बाबुछोरीको सम्बन्धको कथा बोल्छ’, करिश्माले भनिन्, ‘अहिले फरक कथाका फिल्म बनिरहँदा त्यसलाई नै हामीले पछ्याएका हौँ । झरीको मौसममा यसको छायांकन गर्छौ । फिल्मको थिम अनुसार नै वैशाख, जेठ, असारतिर सुटिङ गर्ने योजना बनाएका छौं ।’

करिश्मा फिल्ममा कलाकार धेरै नभएकाले पनि काम छिटो सकिनेमा विश्वस्त देखिइन् । करिश्माले सानो बजेटमा दर्शकलाई राम्रो फिल्म दिन आफू तयारी अवस्थामा रहेको बताइन् ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ४ : ३९ बजे

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ

जसपा फुटको रहस्य : सरकार ढाल्न कि जोगाउन ?

काठमाडौं- प्रतिनिधिसभामा १२ सिट रहेको जनता समाजवादी पार्टी (जसपा) आइतबार