‘आशिर्वाद’मा आमाछोराको पीडा | Khabarhub Khabarhub

‘आशिर्वाद’मा आमाछोराको पीडा


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रोजगारीका लागि विदेशिएका नेपाली युवा र उनीहरुको आमाको कथामा बनेको म्युजिक भिडियो ‘आशिर्वाद’ सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा केतन क्षेत्रीको स्वर, सुरज गैरे ‘विवश’ र अशोककुमार तिमल्सिनाको शब्द तथा सुवास भुषालको संगीत छ ।

भिडियोमा मिथिला शर्मा र अशोककुमार तिमल्सिना फिचर्ड छन् । भिडियोमा कोरोनाका कारण विदेशमा रहेको छोरा नेपाल फर्किन नपाएको र नेपालमा रहेकी आमा बिरामी पर्दा हेर्ने कोही नरहेको कथा समेटिएको छ ।

छोरा आउने प्रतिक्षामा रहेकी आमाको मृत्यु भएको खबर सुनेपछि पीडाले विदेशमा रहेका छोराको पनि मृत्यु भएको भिडियोमा देखाइएको छ ।

अशोककै लेखन तथा निर्देशन रहेको भिडियोमा पारस तिमल्सिनाको लगानी छ । भिडियोमा राकेश महर्जन, रवी कँडेल र सनिश श्रेष्ठको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन र रंग संयोजन छ ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  १२ : ३० बजे

युक्रेनमा रुसलाई सफलता

रुस – भ्लाडिमिर पुटिनको रुसी सेनाले पूर्वी युक्रेनका थप तीन

‘नेपाल यस कारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई

फ्रेन्च लिग वान : तीन खेल अगावै पीएसजीलाई उपाधि

काठमाडौं– फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले

इलाम अपडेटः एमाले- ८८९८, कांग्रेस- ६२८०, मतान्तर २६१८ (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा उच्च गतिको विद्युत प्रवाह हुँदा