विदेशमा रहेका ३० प्रजातन्त्र समर्थित अधिकारकर्मीहरुको खोजी गर्दै हङकङ प्रहरी | Khabarhub Khabarhub

विदेशमा रहेका ३० प्रजातन्त्र समर्थित अधिकारकर्मीहरुको खोजी गर्दै हङकङ प्रहरी


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– हङकङ प्रहरीले विदेशमा पुगेका ३० प्रजातन्त्र समर्थित अधिकारकर्मीहरुलाई नियन्त्रणमा लिन खोजी कार्य सुरु गरेको छ ।

हङकङको सुरक्षा कानूनको उल्लंघन गर्दै विदेशमा पुगेका पूर्व सांसद टेड हु ची र साइक्सस बग्गियो ल्युङ चुंग-हाङलगायत ३० जनाको खोजी गरिरहेको छ ।

साउथ चाइना मर्निङ पोस्टको एक एक्सक्लुसिभ रिपोर्ट अनुसार टेड नोभेम्बरको अन्तमा हङकङबाट बेलयात भागेका थिए र ल्युङ नोभेम्बर २० मा संयुक्त राज्य अमेरिका उडेका थिए ।

“हङकङ प्रहरीले मोस्ट वान्टेडको सूचीमा राखेर उनीहरुको खोजी कार्य सुरु गरेको छ । तर, उनीहरु सहरमा भने छैनन् । “तीमध्ये धेरैजसो युरोप, संयुक्त राज्य अमेरिका र ताइवानमा रहेका छन्,” एक प्रहरीले जानकारी दिए ।

हालसम्म चिनियाँ कम्युनिष्ट पार्टीले हङकङमा नयाा सुरक्षा कानुन लागु गरेदेखि धेरै प्रजातन्त्र समर्थक कार्यकर्ताहरू पक्राउ परेका छन् ।

एक स्रोतको उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले भनेको छ, “विदेशमा रहेका ३० प्रजातन्त्र समर्थित अधिकारकर्मीहरु सहति धेरैले नयाँ कानुन बनाउनु भन्दा अघि वा पछि कानुनी आप्रवासन माध्यमबाट सहर छोडेका थिए ।”

हङकङमा चीनले नयाँ सुरक्षा कानुन लागु गरेयता हङकङ छोड्नेहरुको संख्या बढ्दै गएको छ । चीनले सन् २०१९ को प्रजातन्त्र समर्थित आन्दोलनमा सहभागी भएकाहरुलाई नियन्त्रणमा लिने गरेको छ ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  १ : ५६ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र