फुटबलको बन्द प्रशिक्षणबाट बिमलसहित १४ खेलाडी बाहिरिए | Khabarhub Khabarhub

फुटबलको बन्द प्रशिक्षणबाट बिमलसहित १४ खेलाडी बाहिरिए


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट बिमल घर्ति मगरसहित १४ खेलाडी बाहिरिएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीबाट १४ खेलाडीलाई बिदा गरेको हो।

राष्ट्रिय टिमको कार्यवाहक प्रशिक्षक बाल गोपाल महर्जनले करिब १ महिनाको प्रशिक्षणपछि ५८ खेलाडीबाट घटाएर ४४ खेलाडी छनोट गरेका हुन् ।

बन्द प्रशिक्षणबाट बाहिरिनेमा विमलसहित सुमन अर्याल, देव लिम्बु, रन्दिप पौडेल, अमित तामाङ, जया गुरुङ, नितिन थापा, रजत तिवारी, दिपेश आले मगर, राजेश परियार, प्रिजन तामाङ, रेजिन सुब्बा, राजिब लोप्चन र विमल राना रहेका छन् ।

लामो समयपछि राष्ट्रिय टिममा परेका फरवार्ड विमल चोटका कारण टिमबाट बाहिरिएका हुन् । उनले प्रशिक्षणको दौरान गम्भीर चोट बोकेका थिए । उनको उपचार कतारमा हुने एन्फाले जनाएको छ ।

यस्तै एन्फाले डिफेन्डर सुमन अर्याल पनि घाइते भएको कारण बाहिरिएका हुन ।

नेपालले फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तरगत संयुक्त छनोटका खेल मार्च २५ मा चाइनिज ताइपेइ र ३० मा अस्ट्रेलियासँग काठमाडौंस्थित दशरथ रंगशालामा खेल्नेछ।

यसअघि नेपालले खेलेका ५ खेलमध्ये १ खेलमा जीत हात पारेको छ भने ४ खेलमा हार व्येहोरेको छ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ७ : ०४ बजे

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट