राजनीतिक अस्थिरता अन्त्यका लागि अब हामीले देखाउने बेला आयो : नेता सिंह | Khabarhub Khabarhub

राजनीतिक अस्थिरता अन्त्यका लागि अब हामीले देखाउने बेला आयो : नेता सिंह


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको समयमा कांग्रेस जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

४५औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा नेपाली कांग्रेस चितवनले आयोजना गरेको “राष्ट्रिय मेलमिलाप नीति र बीपी कोइराला” विषयक एक दिवसीय प्रवचन कार्यक्रममा उनले राजनीतिक अस्थिरता अन्त्यका लागि अहिले काम गरेर देखाउने समय आएको बताए ।

अहिलेको राजनैतिक अस्थिरताको अन्त्यका लागि कांग्रेस जिम्मेवार भएर काम गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।

उनले भने, “राजनैतिक उतारचढाव हुँदा कांग्रेसले वागडोर सम्हालेको हो । अहिले फेरि त्यो काम गर्नु आवश्यक छ ।” अहिले संविधानको मर्म विपरीत सरकार अघि बढेकाले अस्थिरता बढेको उनले बताए ।

यसका लागि कांग्रेसले संविधानको मर्मलाई ख्याल गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

“सरकारले संसद् भङ्ग गर्नु संविधान विपरीत हो”, पार्टीका पूर्वमहामन्त्री सिंहले भने ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ८ : ४६ बजे

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको