मोटरसाइकल चोरीमा संलग्न पाँच पक्राउ  | Khabarhub Khabarhub

मोटरसाइकल चोरीमा संलग्न पाँच पक्राउ 


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पाँचजनालाई पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले मोटरसाइकल चोरीमा संलग्न पाँच जनालाई बुधबार काठमाडौँका विभिन्न स्थानमा पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोटका रमेश तामाङ, किरण लामा, क्षितिज तामाङ, दीपक तामाङ र बाराका गङ्गा चौधरी छन् ।

उनीहरुमध्ये एक जनालाई ताकेश्वर नगरपालिकास्थित धर्मस्थली र चार जनालाई काठमाडौँ महानगरपालिका–१६ म्हैपीबाट पक्राउ गरिएको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा पार्किङ गरेर राखेका मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको जानकारी दिए ।

पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त बालाजु पठाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ८ : ३१ बजे

आजको मौसम : केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित वर्षा

काठमाडौं–  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

सभामुखसहित शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौं– सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल

सूर्यकुमारले शतक बनाएपछि हैदरावादमाथि मुम्बईको जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार