प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश १ सेमिफाइलनमा प्रवेश, गण्डकी ७ रनमै 'अलआउट' | Khabarhub Khabarhub

प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश १ सेमिफाइलनमा प्रवेश, गण्डकी ७ रनमै ‘अलआउट’


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश नम्बर १ ले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश ७ रनमै अलआउट भएको छ ।

नौं जना खेलाडी एक पछि अर्को गर्दै शून्यमा आउट भएपछि गण्डकीले यो नतिजा भोग्न परेको हो ।

दाङमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रपितयोगिताको दोस्रो सेमिफाइनल खेलमा गण्डकीले प्रतियोगिताकै कमजोर प्रदर्शन प्रस्तुत गरेको हो ।

गण्डकीका लागि ब्याटर सोनिँया थापा र कुशुगोदारले समान दुई–दुई अंक जोडे भने बाँकी खेलाडीले रन जोड्न सकेनन् ।

गण्डकीविरुद्ध प्रदेश नम्बर १ कि संगिता राईले पाँच विकेट लिइन भने सबनम राईले चार विकेट र अप्शरी बेगमले एक विकेट लिइन् ।

गण्डकीविरुद्ध पहिलो ब्याटिङ गरेको प्रदेश नम्बर १ ले निर्धारित ओभरमा १ विकेट गुमाएर १ सय ४७ रन बनायो ।

ओपनर काजल श्रेष्ठ र रोमा थापाले अर्धशतकीय इनिङ्स खेले । रुबिना क्षेत्रीले १५ रनको योगदान दिइन् । प्रदेश १ ले २९ रन अतिरिक्त प्राप्त गरेको थियो । गण्डकीकी कुशुम गोदारले १ विकेट लिइन् ।

जितसँगै प्रदेश १ समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गर्यो । समूहकै अर्को खेलमा बागमतीलाई पराजित गर्दै सुदुरपश्चिम समेत अन्तिम ४ मा प्रवेश गरेको छ ।

फाइनल प्रवेशका लागि अब समुह बीको समुह विजेता प्रदेश नम्बर १ ले लुम्बिनी प्रदेश र सुदुरपश्चिमले समुह एको विजेता एपीएफसँग खेल्नेछ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ५ : ४२ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र