जिल्ला प्रशासन दैलेखमा अत्यावश्यक बाहेकका सेवा बन्द | Khabarhub Khabarhub

जिल्ला प्रशासन दैलेखमा अत्यावश्यक बाहेकका सेवा बन्द


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- जिल्ला प्रशासन कार्यालय दैलेखमा कार्यरत एक जना सुब्बा र कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएपछि नियमित सेवा बन्द गरिएको छ ।

प्रशासन कार्यालयले आज सूचना जारी गर्दै अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिएको हो ।

जिल्लामा कोरोना संक्रमण पुष्टि भएका १ हजार ३ सय ६५ जनामध्ये १ हजार २ सय ४८ जना डिस्चार्ज भइसकेका र ४ जनाको मृत्यु भएको जिल्ला अस्पताल दैलेखका प्रमुख डाक्टर निराजन पन्तले बताए ।

पन्तका अनुसार १ सय १३ जना जिल्लाका बिभिन्न आइसोलेसन सेन्टरमा बसिरहेका छन् । कर्णाली प्रदेशमा सक्रिय संक्रमितको संख्या सबै भन्दा बढी ४ सय ७३ सुर्खेत र १ सय १६ दैलेखमा रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा सुर्खेतका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले बताए ।

प्रशासनद्वारा जारी सूचना

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  १० : ०१ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई