टर्की भूकम्पमा मृत्यु हुनेको संख्या २६ पुग्यो, ८०० बढी घाइते | Khabarhub Khabarhub

टर्की भूकम्पमा मृत्यु हुनेको संख्या २६ पुग्यो, ८०० बढी घाइते


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- टर्की र ग्रीसको सीमावर्ती क्षेत्रमा शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या २६ पुगेको छ । ८०० भन्दा बढी घाइते भएका छन् ।

टर्कीको एजियन तटीय क्षेत्र तथा ग्रीसको उत्तरी क्षेत्रमा रहेको सामोस आइल्याण्ड नजिक केन्द्रविन्दु भएर सात म्याग्निच्युडको भूकम्प जाँदा सयौँ घर भत्किदा वेपत्ता भएकाहरूको अझै खोजी तथा उद्धार जारी रहेको  अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

मृतक टर्कीका २४ र ग्रिसका २ जना रहेको बताइएको छ । भूकम्पको केन्द्रविन्दु टर्कीको इज्मिर प्रान्तमा रहेको अमेरिकी जिओलोजिकल सर्वेले जनाएको छ।

टर्कीले भने भूकम्प ६.६ म्याग्निच्युडको मात्रै रहेको बताएको छ । भूकम्पपछि त्यस क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  १० : ५६ बजे

झुटो समाचारमा नाम जोडिएकोमा आश्चर्यचकित र स्तब्ध छु : न्यायाधीश भट्टराई

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले ‘सिधाकुरा डट कम’बाट आफ्नो

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले