दक्षिण कोरियाको कार निर्यातमा वृद्धि | Khabarhub Khabarhub

दक्षिण कोरियाको कार निर्यातमा वृद्धि


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दक्षिण कोरियाको कार निर्यात बढेको छ ।

कारको निर्यातबाट जुलाई–सेप्टेम्बरमा कूल नौ अर्ब ३० करोड अमेरिकी डलर बराबरको कारोबार भएको छ । यो अघिल्लो वर्षको सोही त्रैमासिकको तुलनामा ३.४ प्रतिशतको वृद्धि हो ।

तेस्रो त्रैमासिकमा सेडानको आयातमा ६.९ प्रतिशतले कमी आउँदा दुई अर्ब ७० करोड अमेरिकी डलरले कमी आएको कोरियाको भन्सार कार्यालयले जनाएको छ ।

निर्यात रकम वृद्धिमा उच्च निर्यात मूल्यको योगदान रहेको बताइएको छ ।

चार पाङ्ग्रे सवारी साधनमा औसत निर्यात मूल्य प्रति एकाई १७ हजार ६२७ ले वृद्धि भई ८.२ प्रतिशत पुगेको उल्लेख छ ।

मूल्यको हिसाबले सेडानको निर्यात संयुक्त राज्य अमेरिका, क्यानडा तथा बेलायतमा दुई अङ्कमा विस्तार भएको छ ।  तर रूस, साउदी अरब तथा स्पेनमा भने निर्यातमा दुई अङ्कले कमी आएको कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  १० : ४० बजे

राष्ट्रिय पुरुष तथा महिला खुला फुल कन्ट्याक्ट कराते वैशाख २४ देखि

काठमाडौं– नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १८ औं

दादासाहेब फाल्के चित्रनगरीमा सत्यराजको ‘बिच्छेद’ले जित्यो सर्वोत्कृष्ट फिचर फिल्मको अवार्ड

काठमाडौं– सत्यराज चौलागाई निर्देशित फिल्म ‘बिच्छेद’ले ‘दादासाहेब फाल्के चित्रनगरी (फिल्म

धेरै कम्पनीको शेयर मूल्य घट्दा पनि बढ्यो नेप्से 

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) प्री ओपन सेसनमा १०

रामेछापमा पहिलोपटक जुनारमा ‘ट्याग’ लगाइँदै

मन्थली– जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक

म्याग्दी र मुस्ताङमा बढ्यो पर्यटकीय चहलपहल

गलेश्वर– म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक स्थलमा आन्तरिक तथा