टर्की र  ग्रीसको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प, २२ जनाको मृत्यु | Khabarhub Khabarhub

टर्की र  ग्रीसको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प, २२ जनाको मृत्यु


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- टर्की र ग्रीसको सीमावर्ती क्षेत्रमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

टर्कीको एजियन तटीय क्षेत्र तथा ग्रीसको उत्तरी क्षेत्रमा रहेको सामोस आइल्याण्ड नजिक केन्द्रविन्दु भएर सात म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

भूकम्पका कारण सो क्षेत्रका दर्जनौँ घरहरु भत्किएका छन् । भूक्मपबाट भत्किएका संरचनामा परेर भूकम्पका कारण टर्कीमा २० र ग्रीसमा दुई जनाको मृत्यु भएको बताइएको छ ।

भूकम्पको केन्द्रविन्दु टर्कीको इज्मिर प्रान्तमा रहेको अमेरिकी जिओलोजिकल सर्वेले जनाएको छ।

टर्कीले भने भूकम्प ६.६ म्याग्निच्युडको मात्रै रहेको बताएको छ । भूकम्पपछि त्यस क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ७ : ३५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र