बीपी प्रतिष्ठान धरानमा सिरहाका एक कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

बीपी प्रतिष्ठान धरानमा सिरहाका एक कोरोना संक्रमितको मृत्यु


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

सिरहा, मिर्चैया-६ का ६५ वर्षीय पुरुषको कोरोनाले आज राति ८ः४५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए ।

उनलाई भदाै ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती पुरुष बिराटनगर मेडिकल कलेजबाट रेफर गरिएका बिरामी हुन् ।

कोरोना संक्रमित उनीमा  १० दिनदेखि ज्वरो, खोकी, श्वास फेर्न गाह्रो हुने लगायका समस्याले भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था आएपछि विराटनगर अस्पतालले बीपी प्रतिष्ठानमा रेफर गरेको थियो ।

भदौ १० गते साँझ ७ बजे बीपी प्रतिष्ठानमा भर्ना भएका उनको उपचारका क्रममा आज मृत्यु भएको डा. सापकोटालेे बताए ।

उनी मधुमेह र उच्च रक्तचापका बिरामी समेत थिए ।

 

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ११ : १४ बजे

नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए विकेट

काठमाडौं– नेपालले वेस्ट इन्डिज ए को तेस्रो विकेट लिएको छ

बुवाँखोलाको पानी जन्तेढुङ्गामा निकालिने

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकामा बुवाँखोलाको पानी लिफ्टिङ गरेर बस्तीमा निकाल्ने आयोजनाको

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर

काठमाडौं–  काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित

खबरहबकर्मी शर्मालाई मातृशोक

काठमाडौं– खबरहबकर्मी राघव शर्मालाई मातृशोक परेको छ । छ महिनाअघि

ठोरी भन्सार सञ्चालनमा

चितवन– माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार