फिल्म रिलिज नहुँदै अर्को फिल्ममा अनुबन्ध भए मनिष | Khabarhub Khabarhub

फिल्म रिलिज नहुँदै अर्को फिल्ममा अनुबन्ध भए मनिष


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘प्रेम गीत ३’ मा अभिनय गरेका कलाकार मनिष राउत अर्को फिल्ममा अनुबन्ध भएका छन् । उनले पहिलो फिल्म रिलिज नुहँदै दोस्रो फिल्ममा अभिनय गर्ने फाइनल भएको हो ।

क्लोथिङ ब्राण्ड ‘डक्टर डेनिम’ ले निर्माण गर्न लागेको एक फिल्ममा मनिष अनुबन्ध भएका हुन् । यो ब्राण्डले फिल्म निर्माणमा पनि हात हालेको छ ।

लभस्टोरीमा आधारित यो फिल्ममा मनिषबाहेक अन्य कलाकार को हुने भन्ने अझै तय भएको छैन । निर्माण टिमले नायिकाको खोजी गरिरहेको बताएको छ ।

निर्माण टिमका अनुसार फिल्मको कथा तयार भइसकेको छ । फिल्मको नेपालसँगै भारत र जर्मनीमा पनि छायांकन गरिने जनाइएको छ ।

‘प्रेमगीत ३’ मा अभिनय गरेका मनिष ‘डक्टर डेनिम’ का ब्राण्ड एम्बेसडर पनि हुन् ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  २ : ०२ बजे

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र