वीरगञ्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

वीरगञ्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पर्साको वीरगञ्जमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

नारायणी अस्पतालका डाक्टर निरज सिंहका अनुसार वीरगञ्जमा बस्दै आएका एक जना भारतीय नागरिक र वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का एक जना पुरुषको मृत्यु भएको छ ।

मृत्यु भएका ५६ वर्षका भारतीय पुरूष मुटुसम्बन्धी समस्या लिएर  असार ७ गते अस्पताल भर्ना भएको डा.सिंहले जानकारी दिए । बिहीबार दिउँसो उनको शरीरमा अक्सिजनको मात्रा कम भएपछि भेन्टिलेटरमा राखिएको थियो । दिउँसो भेन्टिलेटरमा राखिएका उनको गएराति ११ बजे मृत्यु भएको डा.सिंहले खबरहबलाई बताए  ।

अर्का मृत्यु भएका वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का ३५ वर्षीय पुरुष निमोनियाको समस्या लिएर अस्पताल भर्ना भएको उनले जानकारी दिए । साउन १३ गते गण्डक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका उनको बिहीबार राति ७:४० बजे मृत्यु भएको डा.सिंहले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ८ : २६ बजे

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को