काठमाडौं- कलाकार जयनेन्द्र चन्द ठकुरीको निधन भएको छ । उनको ८० वर्षको उमेरमा आइतबार निधन भएको हो ।
ठकुरीको आइतबार बिहान आफ्नै घर बागडोलमा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए । उनको आजै पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने भएको छ ।
चरित्र अभिनेताका रुपमा स्थापित ठकुरी पछिल्लो समय प्यारालाईसिसबाट पीडित थिए ।
ज्वाला, देउकी, अधिकार’ चाँदनी, चोर, एक्का ट्रायल, पर्खी बसे, दुई पल, अंगरक्षक, माया बैगुनी, लगायतका एकसय बढी चलचित्रमा उनले अभिनय गरेका छन् ।
प्रतिक्रिया