पूर्वप्रधानमन्त्री डा. भट्टराईको प्रस्ताव - छुवाछुत अन्त्य गर्न सबैले एकैथर 'कामी' लेखौं | Khabarhub Khabarhub

पूर्वप्रधानमन्त्री डा. भट्टराईको प्रस्ताव – छुवाछुत अन्त्य गर्न सबैले एकैथर ‘कामी’ लेखौं


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा रहेको कथित जातीय छुवाछुतको अन्त्य गर्न सबै एक जुट हुने बेला आएको बताएका छन् ।

उनले सबैजनाले एकै थर ‘कामी’ लेख्‍नुपर्ने प्रस्ताव गरेका छन्। सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि आज प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै श्रमिक र सिल्पी दलित समुदायलाई हेपेर, अपमानित गरेर देश अघि नबढ्ने बताए।

पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘श्रम गर्नेलाई हेपेर दलित भनेर हुन्छ। अहिले पनि जातीय छुवाछुतका आधारमा यसरी प्रताडित गर्न पाइन्छ ? बरु यो छुवाछुत प्रथा हटाउन सबैले एकै थर लेखौं । म पनि बरु बाबुराम भट्टराई ‘कामी’ भनेर लेख्‍न तयार छु। सबैले थर एकै लेखौं।’

उनले रुकुममा जातीय विभेदका नाममा गरिएको पाँच युवकको हत्यालाई प्रतिक्रान्तिको संज्ञा दिए।

‘क्रान्तिको आधार इलाका रुकुममा त्यत्रो प्रतिक्रान्ति हुन्छ भने देश कहाँ जाँदैछ ?’, उनले प्रश्न गर्दै भने, ‘हामीले यी बेथितिलाई हटाउनैपर्छ। एउटै झट्कामा किन भत्काउन सक्दैनौं तर सबैले साझा प्रयास गरौं।’

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  १ : ३७ बजे

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार