प्रदेशसभा सांसद साहद्वारा एक करोड रुपैयाँ सहयोगको घोषणा | Khabarhub Khabarhub

प्रदेशसभा सांसद साहद्वारा एक करोड रुपैयाँ सहयोगको घोषणा


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- कोरोना भाइरस कोभिड–१९ को सम्भावित जोखम रोकथाम र नियन्त्रण गर्न नेकपाका नेता तथा प्रदेश २ का प्रदेशसभा सदस्य दिलीप साहले रु एक करोड रकम प्रदान गर्ने जानकारी दिएका छन् ।

कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश २ सरकारद्वारा स्थापित राहत कोषमा उनले निर्वाचन क्षेत्र विकास कोषबाट प्राप्त हुने सो रकम प्रदान गर्ने बताए ।

यस्तै सिरहाको लहानका व्यापारीका केशव महतोले आफ्नो घरमा भाडा लिएर बसेका १० परिवारसँग चैत महिनाभरिको घर भाडा नलिने जानकारी दिए । लहान नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनलाई लहान नगरपालिका–४ स्थित विवेक इन्जिनीयरिङले दुईवटा फलामे जस्ताको श्यया उपलब्ध गराएको छ ।

सो नगरपालिका–११ पड्रिया विद्यालयमा नगरपालिकाले स्थापना गरेको १५ श्ययाको क्वारेन्टाइनका लागि सञ्चालक अभिषेक कर्णले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुसाल र लहान नगरपालिका स्वास्थ्य शाखाप्रमुख रामसुन्दर यादवलाई उक्त श्यया प्रदान गरे ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ५ : ४४ बजे

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन