कोरोना संक्रमितको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न होटलमा राखिने | Khabarhub Khabarhub

कोरोना संक्रमितको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न होटलमा राखिने


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको महामारी फैलिएमा त्यसको उपचार र नियन्त्रणमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधा सम्पन्न अस्पताल वा होटलमा राख्ने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालका स्वास्थ्य विज्ञ डा खेम कार्कीले कोरोना भाइरसको महामारी फैलिएको अवस्थामा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई उपचार गर्ने अस्पतालको नजिक रहेका अस्पताल वा सुविधा सम्पन्न होटलमा बस्ने र खाने व्यवस्था तयारी गरिएको जानकारी दिए ।

‘उपचारमा संलग्न चिकित्सकका आफन्तमा पनि सम्भावित सङ्क्रमण फैलिन नपाओस् भने हामीले उहाँलाई अस्पताल नजिकको होटल वा अन्य अस्पतालमा राख्ने तयारी गरिरहेका छौँ,’ उनले भने, ‘भोलि यदि महामारी भयो भने कुन कुन अस्पतालमा राख्ने भन्ने नक्साड्कन (म्यापिङ) गरिरहेका छौँ ।’

सरकारले यसअघि उपचारमा संलग्न चिकित्सकको मनोबल बढाउन निःशुल्क बिमा, थप सुविधालगायतका निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ३ : ४५ बजे

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध

गुमनाम बन्दै टिम गेमलाई नयाँ आयाम दिने प्रतिभा

नेपाली खेलकुदको टिम गेमका महिला स्पर्धामा नेपालको उपस्थिति महत्त्वपूर्ण मानिएको

लोकतन्त्रको विकासमा प्रेसजगत्को अहम् भूमिका : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास, विस्तार

डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु

दोलखा– रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा