कतार एयरवेजको जहाजमार्फत नेपालमा रहेका ३ सय अमेरिकी नागरिकको उद्दार | Khabarhub Khabarhub

कतार एयरवेजको जहाजमार्फत नेपालमा रहेका ३ सय अमेरिकी नागरिकको उद्दार


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले नेपालमा रहेका आफ्ना नागरिकमध्ये करिब ३ सय जनालाई उद्दार गरी मंगलबार स्वदेश लगेको छ ।

नेपालस्थित अमेरिकी दूतावासको संयोजनमा नेपालमा रहेका करिब ३ सय अमेरिकी नागरिकहरु चाटर्ड उडानमार्फत नेपालबाट अमेरिकाका लागि उडेका हुन् ।

कतार एयरको चाटर्ड उडानमार्फत उनीहरु स्वदेशतर्फ प्रस्थान गरेका हुन् ।

नेपालबाट उडेको जहाज कतारको दोहा हुँदै अमेरिका लाग्ने बुझिएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले पर्यटन बोर्ड र नेपाल नागरिक उड्डय प्राधिकरण र गृह मन्त्रालयको सहयोगमा देशका विभिन्न ठाउँमा रहेका आफ्ना नागरिकलाई सोमबार काठमाडौंमा जम्मा गरेको थियो ।

काठमाडौंमा जम्मा भएकाहरुलाई मंगलबार कतार एयरवेजका चाटर्ड फ्लाइटमार्फत स्वदेश पठाइएको हो ।

यसअघि युरोपेली संघ (ईयू)को संयोजनमा पनि नेपालमा रहेका युरोपेली देशका नागरिकहरुलाई उद्दार गरी स्वदेश पठाइएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  २ : २६ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर