कोरोना भाइरसको लक्षण र बच्ने उपाय | Khabarhub Khabarhub

कोरोना भाइरसको लक्षण र बच्ने उपाय


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसले सबैलाई त्रसित बनाएको छ ।

नेपालमा समेत हालसम्म ५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । जसका कारण सरकारले देश लकडाउन गरेको छ । तर पनि मानिसहरु सरकारले जारी गरेको लकडाउनको उल्लघंन गर्न भने छाडेका छैनन् । यसबाट सर्तक हुन र बच्न आवश्यक हुन्छ ।

के हो कोरोना भाइरस ?

कोरोना भाइरस विषाणु परिवारको एक हिस्सा हो । यो भाइरस ऊँट, बिरालो र चमेरो सहित कैयौं पशुमा प्रवेश गरिरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस सी फूडसंग सम्बन्धित छ । अहिलेसम्म यस भाइरसबाट बच्न कुनै प्रकारको औषधि वा भ्याक्सिन बनेको छैन ।

कोरोनाको लक्षणहरु के के हुन् ?

कोरोना भाइरसको संक्रमण भएपछि मानिसमा १ सय दशमलव ४ डिग्री फरेनहाइट ज्वरो आउने, सुख्खा खोकि लाग्ने, घाटि दुख्ने वा चिलाउने, साँस फेर्न ग्राहो हुने, रुघा लाग्ने लगायतको लक्षण देखिन्छ ।

यो समस्या बिस्तारै निमोनियामा बदलिन्छ र किड्नीमा समेत समस्या देखा पर्न थाल्दछ । कोरोनाको संक्रमणबाट विशेषतः फोक्सोमा गम्भीर समस्या हुने गर्दछ ।

कोरोनाको संक्रमण हुनबाट बच्ने उपायहरु

१. लकडाउनका अवधीमा अनिवार्य घरभित्र बस्नुहोस् ।
२. मानिसबाट मानिसमा सहजै सर्ने भएकाले कोरोनाको प्रसार रोक्न सामाजिक दूरी बनाउनुहोस् ।
३. पटक पटक साबुन पानीले हात धुनुहोस् ।
४. अल्कोहल युक्त हैण्ड सैनिटाइजरबाट हात सफा गर्नुहोस् ।
५. खोक्दा, हाच्छ्यु गर्दा आफ्नो नाक मुख पाखुराले वा टिस्युले छोप्नुहोस् ।
६. रुघाखोकी लागेका मानिसबाट दूरी बनाउनुहोस् ।
७. रोग प्रतिरोधात्मक शक्ति बढाउने पोषक खानेकुरा खानुहोस् ।
८. माछामासु वा अण्डा मज्जाले पकाएर मात्र खानुहोस् ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ७ : ३० बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला