चैते दशैंमा वर्तालुले पालन गर्नुपर्ने १० नियम | Khabarhub Khabarhub

चैते दशैंमा वर्तालुले पालन गर्नुपर्ने १० नियम


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चैत १९ गते बुधबार चैते दशैं । चैत १२ गतेबाट शुरु भएको चैते दशैको यस अवधीमा दुर्गा भवानीको आराधना हुँदै आएको छ ।

विश्वभर कोरोनाको संक्रमण फैलिएका कारणले र नेपालमा समेत कोरोनाको जोखिम उच्च रहेकाले देश लकडाउनमा छ ।

त्यसैले यस पटकको चैते दशैं उल्लासम हुन सकेको छैन । तथापी चैतको दशैंको समेत विशेष महत्व छ ।

चैतको दशैंको अवधीमा व्रत बस्ने वा दुर्गा भवानीको उपासना गर्नेहरुमा मनोबाञ्छित फल तथा दैवीय कृपा प्राप्त हुने धार्मीक विश्वास छ ।

साथै यस दुर्गा पुजनका कालमा ब्रतालुले केहि नियमहरु पालना गर्नुपर्ने हुन्छ । अन्यथा दुर्गा भवानीको पूजापाठका क्रममा भएका जानअन्जानका गल्तीका कारण आफैमा हानि पनि हुनसक्छ ।

१. पूजाको दौरानमा पूजा स्थल वा बासस्थान आसपासमा फोहोर हुनुहुदैन ।

२. ब्रतकर्ताले भूलेर पनि फोहोर वा नुहाउनुअघि लगाउको लुगा लगाउनु हुदैन ।

३. चैते दशैंका दिन ननुहाई दुर्गा भवानीको उपासना गर्नुहुदैन ।

४. विष्णु पुराणका अनुसार, नवरात्र व्रतका अवधीमा दिउँसो सुत्नु हुदैन ।

५. ब्रतालुसहित घरका अन्य सदस्यले अष्टमीको दिन अघि माछामासु, अण्डा तथा मदिरा सेवन गर्नुहुदैन ।

६. फलाहार गर्दा घुमेर खानु हुदैन । फलाहार ग्रहण गर्दा हमेशा एकै स्थानमा बस्नु पर्दछ ।

७. दुर्गा चालीसा, मन्त्र वा सप्तशती पाठ गरिरहनु भएको छ भने अरुसंग बोल्नु हुदैन ।

८. यस अवधीमा दारी, नङ वा कपाल काट्नु हुदैन ।

९. यस अवधीमा ब्रतालुले ब्रह्मचर्यको पालना गर्नु पर्दछ ।

१०. व्रत बस्दा दशैंको दिन अर्थात अष्टमीसम्म यि सबै नियमको पालना गर्नुपर्दछ ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ७ : ०२ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र