कोरोना भाइरसका कारण इटालीमा एकै दिन ८ सय १२ जनाको मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरसका कारण इटालीमा एकै दिन ८ सय १२ जनाको मृत्यु


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटाली- इटालीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण एकै दिन ८ सय १२ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो समेत गरी कोरोना भाइरसका कारण इटालीमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९१ पुगेको छ। यो नेपाली समयअनुसार सोमबार राति १० बजेसम्मको हो।

यसैगरी त्यहाँ कोरोना भाइरसबाट अहिलेसम्म १ लाख १ हजार ७३९ जना संक्रमित भइसकेका छन्।

यस्तै स्पेनमा पनि कोरोना संक्रमणका कारण एकै दिन ९ सय १३ जनाको मृत्यु भएको छ। यो समेत गरेर स्पेनमा कोरोनाले ७ हजार ७ सय १६ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

स्पेनमा अहिलेसम्म कोरोना भाइरसबाट ८७ हजार ९ सय ५६ जना संक्रमित भएका छन्।

यस्तै विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ३७ हजार ७ सय ८० पुगेको छ भने ७ लाख ८४ हजार ३८१ जना संक्रमित भएका छन्।

सँगसँगै १ लाख ६५ हजार ३५ संक्रमित भने उपचारपछि स्वस्थ भएका छन्।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ६ : १७ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड