अमेरिका अध्ययनबारे जानकारी अब मोबाइल एपबाटै | Khabarhub Khabarhub

अमेरिका अध्ययनबारे जानकारी अब मोबाइल एपबाटै


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एजुकेसन यूएसए-नेपालले नेपाली विद्यार्थीलाई अमेरिका अध्ययनबारे जानकारी गराउन सघाउने पुस्तिका र मोबाइल एप सार्वजनिक गरेको छ।

यूसेफ–नेपाल र फुलब्राइट कमिसनको महाराजगञ्जस्थित नयाँ भवनको उद्घाटन समारोहको अवसरमा उक्त पुस्तिका र मोबाइल एप सार्वजनिक गरिएको हो।

नयाँ भवनमा सभाकक्ष, पुस्तकालय, कम्प्युटर सुविधा, प्रमाणित परीक्षा केन्द्रका साथै अध्ययनका लागि संयुक्त राज्य अमेरिका पढ्न जाने योजना बनाएकाहरूका लागि परामर्श सेवा लगायतका सुविधाहरू उपलब्ध हुने एजुकेशन युएस(नेपालले जनाएको छ ।

नयाँ भवन उद्‌घाटन कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपाली र अमेरिकी विद्यार्थीका लागि शैक्षिक आदानप्रदानको महत्त्वमाथि जोड दिएका थिए ।

“हाल अमेरिकामा ११ लाख अन्तर्राष्ट्रिय विद्यार्थी छन्, जुन अहिलेसम्मकै उच्च सङ्ख्या हो । यस वर्ष अमेरिकामा १३ हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययनका लागि भर्ना भएका छन् । नयाँ पुस्ताका युवाहरूबाट नेपाल र अमेरिकाबिचको जनता(जनताबिचको सम्बन्धको बढ्दो सञ्‍जालमा योगदान हुने विषयमा हामी उत्साहित छौँ,” राजदूत बेरीले भने ।

“यी विद्यार्थीहरूले उत्कृष्ट शिक्षा हासिल गर्नेछन् र आफ्नो देशमा फर्केर स्थिर, सुरक्षित र समृद्ध नेपालको निर्माणमा योगदान गर्नेछन् भन्ने हामीलाई आशा लागेको छ ।”

कार्यक्रममा सहभागीहरु

शिक्षा मन्त्रालयका सहसचिव रामसरण सापकोटाले पनि शैक्षिक आदानप्रदानले दुई देशबीचको दौत्य सम्बन्धमा विशेष महत्त्व राख्‍ने कुरा आफ्नो मन्तव्यका क्रममा राखेका थिए ।

नेपालमा शैक्षिक आदानप्रदान कार्यक्रम सञ्‍चालन गर्नका लागि सन् १९६१ मा अमेरिकी सरकार र नेपाल सरकारबीच सम्पन्न सम्झौताअनुसार फुलब्राइट कमिशनको स्थापना भएको हो ।

सन् १९६१ देखि फुलब्राइट कमिशनद्वारा सञ्‍चालित विभिन्न कार्यक्रमअन्तर्गत अध्ययनका लागि झण्डै ७०० नेपालीहरू अमेरिका पुगेका छन् भने ६०० अमेरिकीहरू नेपाल आएका छन् ।

संयुक्त राज्य अमेरिका र नेपालबीच शैक्षिक आदानप्रदानका लागि सञ्‍चालित युसेफ(नेपाल र फुलब्राइट कमिशन दुई दशक अघि स्थापना भएको हो । काठमाडौंको ज्ञानेश्वरमा रहेको उक्त कार्यालय हाल नयाँ भवन बनेपछि महाराजगंज सरेको हो ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ८ : ५१ बजे

चीनमा सडक दुर्घटना : उद्धार र सुरक्षा सुधार गर्न राष्ट्रपति सिको निर्देशन

बेइजिङ– चिनियाँ राष्ट्रपति सि जिनपिङले दक्षिणी चीनको गुआङडोङ प्रान्तमा एक्सप्रेसवे

गाउँमा डढेलो सल्किँदा १० घर जलेर नष्ट, दर्जनौँ पशुचौपाया हताहत

सल्लेरी– हिमाली जिल्ला सोलुखुम्बुमा जंगलको डढेलो गाउँमा सल्किँदा १० घर

इलाम परिणामको सन्देश– ‘बोल्न नजान्ने देउवा दबाबमा, ओलीको फूर्तिफार्ती’

विशेषतः इलाममा उपनिर्वाचन हुँदै गर्दा तत्कालीन संविधानसभाका अध्यक्ष एवम् एमाले

नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए विकेट

काठमाडौं– नेपालले वेस्ट इन्डिज ए को तेस्रो विकेट लिएको छ

बुवाँखोलाको पानी जन्तेढुङ्गामा निकालिने

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकामा बुवाँखोलाको पानी लिफ्टिङ गरेर बस्तीमा निकाल्ने आयोजनाको