डडेल्धुरामा नेकपा गाउँपालिका अध्यक्षको अपहरण, घाइते अवस्थामा प्रहरीद्वारा उद्दार | Khabarhub Khabarhub

डडेल्धुरामा नेकपा गाउँपालिका अध्यक्षको अपहरण, घाइते अवस्थामा प्रहरीद्वारा उद्दार


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आलिताल– डडेल्धुराको आलीतालमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको गाउँपालिका कमिटी अध्यक्ष अपहरणमा परेका छन् ।

डडेल्धुराको आलीताल गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र जोशी अपरिचित व्यक्तिको अपहरणमा परेका हुन् ।

यद्यपि अहिले भने प्रहरीले उनको उद्दार गरिसकेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जोशीलाई उद्दार गरिएको जानकारी दिए ।

‘आज (शुक्रबार) दिउँसो करिब १ बजेतिर उहाँ (जोशी)लाई केही व्यक्तिले अपहरण गरेर लगेको भन्ने सूचना आएको थियो,’ डिएसपी न्यौपानेले खबरहबसँग भने, ‘सूचनाको आधारमा हाम्रो टोली परिचालन भएको थियो । करिब १ घण्टाकै बीचमा उहाँको उद्दार भइसकेको छ ।’

डिएसपी न्यौपानेका अनुसार अपहरण गर्ने व्यक्तिले अध्यक्ष जोशीमाथि कुटपिट गरेका छन् । जोशीलाई आलीताल गाउँपालिका–३ बाट उद्दार गरिएको डिएसपी न्यौपानेले जानकारी दिए ।

‘आलीताल गाउँपालिका–३ बाट उहाँको उद्दार भइसकेको छ । अपहरण गर्ने व्यक्तिले उहाँमाथि कुटपिट गरेका देखिएको छ । कुटपिटबाट घाइते भएका कारण उहाँलाई उपचारका लागि अस्पताल लगिएको छ,’ डिएसपी न्यौपानेले भने ।

आलीताल गाउँपालिकास्थित प्रहरी चौकीका एक कर्मचारीका अनुसार जोशीको आलीतालस्थित स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारका लागि अन्यत्र लैजाने तयारी भइरहेको छ ।

‘कुटपिटबाट उहाँलाई चोट लागेको छ । यहाँ (स्वास्थ्य चौकी)का स्वास्थ्यकर्मीले थप उपचारका लागि अन्यत्र लैजान भनेका छन्,’ खबरहबको सम्पर्कमा आएका आलीताल प्रहरी चौकीका एक प्रहरी कर्मचारीले भने ।

प्रहरीले अध्यक्ष जोशीको अपहरणमा संलग्न व्यक्ति भने फरार भएका जनाएको छ । उनीहरुको खोजी शुरु गरिएको डिएसपी न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  २ : १८ बजे

‘एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग गर्छ’

काठमाडौं– एसियाली विकास बैंक (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न

वेष्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’विरुद्ध टी–२० शृंखलाको पाँचौँ तथा अन्तिम खेलमा

११ मन्त्रीको सम्पत्ति गुपचुप (सूचीसहित)

काठमाडौं- सुशासनको कुरा गरेर नथाक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप

चितवन– गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको

वेष्ट इन्डिज ‘ए’विरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं– नेपाल र वेष्ट इन्डिज ‘ए’ बीच पाँच खेलको टी–२०