नेपाल टेलिकमको ‘एनटि टिभी’ सेवा पुस १७ गतेदेखि सञ्चालन हुने | Khabarhub Khabarhub

नेपाल टेलिकमको ‘एनटि टिभी’ सेवा पुस १७ गतेदेखि सञ्चालन हुने


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल टेलिकमले यही पुष १७ गते (१ जनवरी २०२१ ) देखि एनटि टिभी ब्राण्डमा फाइबर टू दि होम (FTTH) मार्फत आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याउने भएको छ ।

हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराई रहेकोमा अब आईपी टिभी सेवा पनि थप गर्न लागेको हो ।

कम्पनीको IPTV सेवाका लागि एफटीटीएच नेटवर्कको पहुँच अपरिहार्य रहेको हुनाले तत्कालका लागि यो सेवा काठमाडौँ उपत्यका भित्रका सुन्धारा, बबरमहल, ठिमी, बलम्बु, भक्तपुर, चाबहिल, छाउनी, गोंगबु, पाटन, हात्तिर्गौडा, जोरपाटी, कीर्तिपुर, सैबु, लुभु, नक्साल तथा उपत्यका बाहिर बनेपामा एफटीटीएच नेटवर्क पुगिसकेका र प्राविधिक रुपमा एफटीटीएच वितरण गर्न सकिने स्थानहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

हाल कम्पनीको एफटीटीएच सेवामार्फत भ्वाइस सेवा वा डाटा सेवा वा दुवै सेवा प्रयोग गरिरहनु भएका ग्राहकवर्गले एनटि टिभी सेवा प्राप्त गर्न नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गर्नु पर्दछ ।

एनटि टिभी सेवा प्रयोग गर्न ग्राहकले कम्पनीबाट सेट टप बक्स (Set Top Box) खरिद गर्नु पर्दछ भने ग्राहकले प्रयोग गरिरहेको परम्परागत टिभी सेट र आधुनिक डिजिटल टिभी सेटमा एनटि टिभी हेर्न सकिने बताईएको छ ।

विभिन्न राष्ट्रिय टिभि च्यानल तथा विदेशी च्यानलहरु उपलब्ध हुने एनटि टिभि सेवा कम्पनीले विभिन्न प्याकेजमा वितरण गर्ने हुनाले ग्राहकवर्गले आफ्नो आवश्यकता र उपयुक्तता अनुसारको प्याकेज छनौट गरी सेवा लिन सक्ने बताएको छ । प्याकेज तथा दररेट सम्बन्धि जानकारी कम्पनीको वेबसाइट तथा अन्य माध्यमहरुबाट सार्वजनिक गर्ने तयारी भइरहेको बताएको छ।

साथै, एनटि टिभि सम्बन्धमा ग्राहकवर्गलाई उपयोगी हुने थप जानकारीको रुपमा तथा सेट टप बक्स र एफटिटिएच राउटर बिचको कनेक्सन सम्बन्धि जानकारीहरु भिडियो क्लिप जस्ता उपयुक्त माध्यमबाट ग्राहकवर्गको सुविधाका लागि उपलब्ध गर्ने तयारी भइरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ६ : ५१ बजे

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा