प्रचण्ड-माधवलाई ओलीको कटाक्ष- प्रतिनिधिसभा व्यूँतिन्न, चुनावको तयारी गरे केही सिट जोगिएला (भिडियोसहित) | Khabarhub Khabarhub

प्रचण्ड-माधवलाई ओलीको कटाक्ष- प्रतिनिधिसभा व्यूँतिन्न, चुनावको तयारी गरे केही सिट जोगिएला (भिडियोसहित)


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले ६४ प्रतिशतको बहुमतप्राप्त सरकारले प्रतिनिधिसभा विघटन नहुने बताएका छन् ।

काठमाडौँको बबरमहलस्थित एक पार्टी प्यालेसमा उपत्यकामा उपलब्ध सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड-माधवलाई चुनाव नहोला कि भ्रममा नपर्न पनि आग्रह गरे ।

‘६४ प्रतिशत बहुमत प्राप्त दलको सर्वसम्मत नेताको हैसियतमा प्रतिनिधिसभा विघटन गरेको हुँ, बाँकी ३६ प्रतिशतबाट सरकार बन्न सक्दैन, विघटनपछि को कहाँ छ भन्ने कुराले अर्थ राख्दैन,’ ओलीले भने ।

बरू सडक आन्दोलन छाडेर चुनावी तयारीमा लागे प्रचण्ड-माधवको केही सिट सुरक्षित हुने उनले बताए । ‘केही सिट जित्न चुनावको तयारीमा लाग्नुस्, चिसोमा सडकमा नबस्नुस्,’ उनले भने । माधव नेपाललाई उनले प्रचण्डको मामुली कार्यकर्ता भएको टिप्पणी गरे ।

हेरौँ भिडियो

प्रचण्डसँगको सम्झौताले आफ्नो एउटा ब्रिफकेश नै भरिएको उनले बताए । दाहालसँग थुप्रै सम्झौता गरिसकेकाले अब कति सम्झौता गर्ने भन्दै उनले प्रश्न गरे । ‘प्रचण्डसँगको सम्झौताले मेरो एउटा ब्रिफकेश भरिएको छ । कति सम्झौता गर्नु,’ उनले भने ।

‘पार्टीको कार्यकारी अध्यक्षको प्रस्ताव पनि उहाँले नै सचिवालयमा राख्नुभयो । मैले हुन्छ भनिदिए ,’ ओलीले भने, ‘भोलिपल्ट मैले गल्ती गरेँ कि क्या हो कमरेड भनेर मलाई भन्नुभयो ।’

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ५ : २८ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई