मुकुन र मेनुकालाई लिएर ‘गणपति’ निर्माणको घोषणा | Khabarhub Khabarhub

मुकुन र मेनुकालाई लिएर ‘गणपति’ निर्माणको घोषणा


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मुकुन भुसाल र मेनुका प्रधानको शीर्ष भूमिका रहने फिल्म ‘गणपति’ निर्माणको घोषणा गरिएको छ । मंगलवार राजधानीमा आयोजित कार्यक्रममा फिल्मको घोषणा गरियो ।

सो फिल्ममा, पटकथा तथा संवाद तथा निर्देशन सविन अधिकारीको रहनेछ । फिल्मलाई लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरीले फिल्म निर्माण गर्नेछन् ।

फिल्ममा मुकुन र मेनुकाका अलावा सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, श्रीदेव वि.एल,शुशील पोखरेललगायतका कलाकारको समेत अभिनय रहेनछ ।

‘अ बिग म्यान फिल्मस्’को ब्यानरमा निर्माण हुने फिल्मलाई तनहुँको बन्दीपुर गाउँपालिका थारुबासमा छायांकन गरिने जनाइएको छ ।

फिल्मका निर्देशक सविन अधिकारीले मान्छे र भगवानबीचको फरकलाई फिल्ममा देखाइने बताए । फिल्ममा शीर्ष भूमिका निभाउने मुकुन भुसाल र मेनुका प्रधानले कथा मन परेर फिल्म निर्माण गर्न लागेको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ३ : २८ बजे

जसपा विभाजन भएको छैन : प्रवक्ता सुमन

काठमाडौं– जसपा नेपालले दल विभाजनको अवस्था नरहेको बताएको छ ।

निर्वाचन आयोगमा दर्ता भयो अशोक राई नेतृत्वको जसपा

काठमाडौं – निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी

अनशनरत व्यक्तिहरूको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आयोगकाे आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले तीनै तहका सरकारले समन्वय गरी

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं– पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी–२० विश्वकपको समयमा

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग 

काठमाडौं– जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न