प्रमाणित हुने वित्तिकै ७२ प्रतिशत जनतालाई कोभिड खोप उपलब्ध गराउँछौँ : मन्त्री ढकाल | Khabarhub Khabarhub

प्रमाणित हुने वित्तिकै ७२ प्रतिशत जनतालाई कोभिड खोप उपलब्ध गराउँछौँ : मन्त्री ढकाल


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ विरुद्धको खोप ७२ प्रतिशत जनतालाई उपलब्ध गराउने बताएका छन् ।

भरतपुर अस्पतालको आज आकस्मिक सेवा भवन र सरुवा रोग सेवा भवनको शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले १४ वर्ष मुनिकाका बालबालिकाका लागि खोप परीक्षण नै नगरिएकाले लगाउन नमिल्ने बताए ।

“खोप कति अनुदानमा र कति खरिद गरेर ल्याउने भन्ने विषयमा सरकारीले निर्णय गर्नेछ”, उनले भने, “खोप विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरे लगत्तै नेपालमा पनि उपलब्ध हुन्छ ।”

मन्त्री ढकालले कोरोना उपचार र नियन्त्रणका लागि सरकारले गरेको काम उल्लेखनीय रहेको बताउँदै आर्थिक रुपमा विकसित देशसमेत यसको उपचार र रोकथामका लागि घुँडा टेकेको बताए । तर हामीले गरेको सेवा गर्ब गर्न लायक भएको उनले बताए ।

“कोरोनाबाट बच्नका लागि सामाजिक दूरी नै महत्वपूर्ण रहेको छ”, उनले भने, “कुनै जात, धर्म, लिङ्ग, आस्थाका आधारमा यो रोग लाग्ने होइन, साझा मोर्चाबाट काम गरेर रोगलाई नियन्त्रण गर्नुपर्छ ।” सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्न उनले आग्रह गरे ।

प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा गुणराज लोहनी, अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी, अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा जगन्नाथ तिवारी, पूर्वमेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्ण पौडेल, अस्पतालका निमित्त मेट्रोन (नर्सिङ प्रमुख) शान्ता भण्डारीलगायत आ-आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा ५० श्ययाको दुई तले सरुवा रोग अस्पताल भवन र ५० श्ययाको आकस्मिक कक्ष भवन बन्ने जानकारी दिइयो । सरुवा रोग भवन निर्माण गर्न रु आठ करोड बजेट सरकारले विनियोजन गरिसकेको छ । क्रमागत योजनाअन्तर्गत दुई वर्षमा सम्पन्न हुनेछ ।

आकस्मिक कक्ष भवन एक वर्षमा सम्पन्न गर्ने योजना रहेको छ । रु ११ करोड लागतमा निर्माण सम्पन्न हुने अनुमान गरिएको भवनको लागि सरकारले रु नौ करोड बजेट विनियोजन गरिसकेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ८ : ३३ बजे

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा