झापाका ५० वर्षीय प्रधानको हत्या आरोपमा तीन पक्राउ | Khabarhub Khabarhub

झापाका ५० वर्षीय प्रधानको हत्या आरोपमा तीन पक्राउ


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको मेची नगर नगरपालिका-४ का ५० बर्षीय पूर्णबहादुर प्रधानलाई कुपपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

प्रधानलाई कुटपिट गरेको आरोपमा स्थानीय २५ बर्षीय दिवश लुङगेली मगर, ५५ बर्षीय प्रेम भनिने बेमा दोर्जी तामाङ र २८ बर्षीय बिशाल तामाङ पक्राउ परेका हुन् ।

प्रधानले आइतबार राति सवा ८ बजे बेमादोर्जी तामाङलाई हिर्काएका थिए। त्यसपछि उनीहरूले प्रधानमाथि कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका प्रधानलाई उपचारका लागि आम्दा अस्पताल धुलाबारी लगिएको थियो ।

उपचारका क्रममा उनको राति साढे ९ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए।

‘मृतकले पहिले कुटपिट गरेपछि उनीहरूले हिर्काएको भनेका छन्। अहिलेसम्म हामीसँग यति नै जानकारी छ,’उनले भने,’आज म्याद थप गरी थप सोधपुछ पछि अरू कारणहरू खुल्छ।’

प्रधानको मृत्यु भएको खबर पाएपछि प्रहरीले तीनै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टा र प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको टोलीले पक्राउ गरेको हो। उनीहरूमाथि अनुसन्धान तथा कानुनी कारबाहीको लागि काँकडभिट्टामा राखिएको छ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ५ : ३९ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको