संयुक्त राष्ट्रसंघद्वारा नेपाली शान्ति सैनिकको प्रशंसा | Khabarhub Khabarhub

संयुक्त राष्ट्रसंघद्वारा नेपाली शान्ति सैनिकको प्रशंसा


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शान्ति स्थापनार्थ दक्षिण सुडान तैनाथ नेपाली शान्ति सैनिकले सम्भावित ठुलो जातीय हिंसा हुनबाट जोगाएको भन्दै संयुक्त राष्ट्रसंघले प्रशंसा गरेको छ ।

कुइबेट इलाकामा तैनाथ कालिध्वज गण अन्तर्गतको अस्थायी अपरेटिङ बेसबाट यही मंसिर १० गते खटिएको नेपाली शान्ति सैनिकले त्यहाँका बासिन्दाहरुलाई सम्भावित ठुलो जातीय हिंसाबाट जोगाएका हुन् ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार गण हेडक्वाटर तैनाथ रहेको स्थान रुम्बेकबाट करिब ७० किलोमिटर उत्तरपश्चिममा रहेको सो इलाकां नजिकै रहेको पशु शिविरमा चोरी गर्न आएको भनिएका कंगोर जातीको एक व्यक्ति झडपमा मारिएपछि कंगोर जाती र अयेल जातीका बासिन्दाबीच हिंसाको रुप लिएको थियो ।

हिंसा भड्किन सक्ने खबर प्राप्त भएपछि अस्थायी अपरेटिङ बेसबाट सहसेनानी विज्ञान विष्टको कमाण्डमा खटिएको ‘क्विक रिएक्सन फोर्स’ उक्त हिंसाग्रस्त क्षेत्रमा परिचालन भइ दुई पक्षबीच झडप हुनबाट जोगाएको बताइएको छ । सो इलाकामा सुरक्षा स्थिति साम्य भएपपछि युएन मिशनका अन्य अंगहरुले त्यहाँस्थित विभिन्न जातीय समुदायहरुबीच शान्ति कायम गराउने कार्य सुरु गरेका थिए ।

जातीय द्वन्द्वका कारण नरसंहारबाट गुज्रिएको उक्त मूलुकमा यस प्रकारका घटनाको पुनराबृत्ति हुनबाट जोगाउन नेपाली शान्ति सैनिकहरुले गरेको योगदानलाई संयुक्त राष्ट्रसंघबाट उच्च प्रशंसा भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ४ : २६ बजे

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना